site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्प–किम बैठकलाई अघि बढाउने तयारी
Ghorahi CementGhorahi Cement

एजेन्सी । उत्तर कोरियाका विदेश मन्त्री रि योङहो छलफलका लागि स्वीडेन पुगेका छन् । उनको दुई दिने भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किम जोङबीच तय भएको भेटवार्ताको तयारीका लागि हुन सक्ने रोयटर्सले जनाएको छ । 

स्वीडिस विदेश मन्त्रालयका प्रवक्ताले बताएअनुसार मन्त्री योङहाले कोरियाली प्रायद्विपको सुरक्षा अवस्था र उत्तर कोरियामा स्वीडेनको अमेरिकी कूटनीतिक प्रतिनिधित्वबारे छलफल गर्नेछन् । उत्तर कोरियामा स्वीडेनको दुतावास समेत रहेको हुँदा लामो समयदेखि नै स्वीडेनले उत्तर कोरियामा अमेरिकाको प्रतिनिधिको भूमिका निर्वाह गर्दै आएको छ । यसअघि उत्तर कोरियामा कैद भएका अमेरिकी नागरिकलाई मुक्त गराउन समेत स्वीडेनले मद्दत गरेको थियो । अमेरिकाको नेतृत्वमा रहेको संयुक्त सेना समूह, नाटोमा स्वीडेनको कुनै सदस्यता नभएकाले पनि उत्तर कोरियाले स्वीडेनसँग राम्रो सम्बन्ध राख्दै आएको बताइन्छ । त्यसैले पनि ट्रम्प र किम भेट गर्न स्वीडेन उपयुक्त स्थान हुन सक्ने अनुमान गरिएको छ ।

Agni Group

यसबारेमा स्वीडेनका प्रधानमन्त्री स्टेफेन लोफ्भेनले पनि दुवै देशका प्रमुखहरुको पहलमा स्वीडेनले वार्तामा सहकार्य गर्न तयार रहेको बताइसकेका छन् । यस विषयमा स्वीडेनले जस्तोसुकै भूमिका खेल्न पनि पछि नहट्ने उनले बताएका हुन् ।

अर्कोतर्फ उत्तर कोरियाका विदेश मन्त्रीको स्वीडेन भ्रमणबारे थाहा भएपनि त्यसमा अमेरिकाको भने कुनै सहभागिता नरहेको ट्रम्प प्रशासनकी प्रवक्ता हेदर नाउअर्टले संचारकर्मीसँग भनेकी छन् । अमेरिकाबाट कुनै अधिकारी नगएकाले पनि स्वीडेनको उक्त बैठक के विषयमा बस्ने भन्ने स्पष्ट थाहा नभएको उनले बताइन् । अमेरिकाले राम्रो नतिजाको अपेक्षा गर्दै  उत्तर कोरियासँग शान्तिपूर्ण छलफल गर्न सहमति जनाएपनि यस विषयमा उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको पनि उनले बताएकी छन् ।

Global Ime bank

गत हप्ता दक्षिण कोरियाली प्रतिनिधिले ट्रम्प र किमबीच प्रत्यक्ष भेटवार्ता हुने तय भएको अकस्मात् घोषणा गरेपछि यस खबरले विश्वभर सनसनी मचाएको थियो । तरपनि उत्तर कोरियाको संचार माध्यमले भने अझैसम्म यस विषयमा कुनै आधिकारिक बयान दिएको छैन ।

यसरी उत्तर कोरियाले एक हप्ता बितिसक्दा पनि कुनै प्रतिक्रिया नदिनुलाई अमेरिकाले अनौठो मानिरहेको छ भने दक्षिण कोरियाले चाहिँ यो विषय गम्भीर भएकाले खबरलाई स्पष्ट रुपमा सार्वजानिक गर्न उत्तर कोरियाले आफ्नो समय लिइरहेको दाबी गरेको छ । यसका साथै उत्तर कोरियाले हतियार निर्माण कार्यलाई अन्त्य गरेवापद् कुन कुराको माग राखेको छ भन्ने पनि खुलासा गरिएको छैन । यस्तोमा बैठकलाई अघि बढाउनु अघि उत्तर कोरियाले यसको तयारी गर्न स्वीडेनको सहायता लिन सक्ने अमेरिकी विशेषज्ञहरुको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ०४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC