site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परमाणु हतियार बनाउने साउदी अरबको चेतावनी !
Ghorahi CementGhorahi Cement

बीबीसी । इरानले परमाणु बम निर्माण गरेमा साउदी अरब पनि पछि नहट्ने राजकुमार बिन सलमानले चेतावनी दिएका छन् । अमेरिकी संचार एजेन्सी सीबीएस न्युजसँगको एक घण्टा लामो अन्र्तवार्तामा राजकुमार सलमानले ‘साउदी अरबले परमाणु हतियार राख्न नचाहेपनि इरानले बम बनाउन सुरु गरेमा आफू पनि जति सक्दो चाँडो हतियार निर्माण कार्यमा लाग्ने’ बताएका हुन् । 

सन् २०१५मा भएको सम्झौतापछि इरानले आफ्नो देशको परमाणु कार्यक्रममा रोक लगाएको थियो । तर गत जनवरीमा मात्र राष्ट्रपति ट्रम्पले इरानमाथिको प्रतिबन्धलाई केही कमी गराउँदै इरान यो सम्झौताबाट अलग पनि हुन सक्ने बताएका थिए । यसपछि ब्रिटेन, फ्रान्स र जर्मनीले उनलाई सन्धि जारी राख्न धेरैपटक अपील गरेका थिए ।

Agni Group

मध्यपूर्वी क्षेत्रमा साउदी अरब र ईरानबीच पुरानो दुश्मनी रहेको छ । दुवै देशको ईस्लामी धर्म सम्बन्धि अलग विचारधारा रहेको छ । पछिल्ला केही वर्षहरुमा भने यमन र सिरियामा भएको युद्धका बीच यी दुई देशमा झनै विवाद बढ्दै गएको बताइन्छ । 

साउदी अरबले पनि १९८८ मा परमाणु हतियारको गैर–प्रसार सन्धिमा हस्ताक्षर गरेको थियो । तरपनि २०१३ मा इजरायलका खुफिया सेनाका पूर्वप्रमुखले एक सम्मेलनमा बोल्दै इरानले परमाणु बम बनाए साउदी अरबलाई पनि हतियार प्राप्त गर्न समय नलाग्ने बताएका थिए । यसपछि साउदीले हतियारमा लगानी गर्ने गरेको खुलासा भएको थियो । त्यसैकारणले साउदीले कुनैपनि बेला आफूले चाहेजस्तो हतियार भित्र्याउन सक्ने विज्ञहरुको भनाइ छ । 

Global Ime bank

इरानले भने उक्त गैरप्रसार सन्धिमा हस्ताक्षर गरेपनि लामो समयदेखि आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको थियो । तर २०१५ मा अन्तराष्ट्रिय समुदायबाट अत्याधिक दबाब आएपछि इरान सम्पूर्ण हतियार कार्यक्रम बन्द गराउन बाध्य भएको थियो । त्यस बेला इरानसँग गरिएको सम्झौतालाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको सबैभन्दा ठूलो उपलब्धि मानिएको थियो । तर राष्ट्रपति ट्रम्पले भने त्यस सन्धिलाई सबैभन्दा ठूलो गलती बताएका हुन् । अमेरिकाका पूर्व गृहमन्त्री रेक्स टिलरसन पनि उक्त सम्झौताको पक्षमा बोल्दै आएका थिए । 

https://www.bbc.com/hindi/international-43424693

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ०५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC