बीबीसी । मृत्युको समयमा मानिसको दिमागमा के चलिरहेको हुन्छ ? कसैलाई पनि यसबारे वास्तविक जानकारी छैन । अनुसन्धानकर्ताहरुले यस विषयमा कैयौँ खोज गरिसकेको भएपनि अझै यसको रहस्य पूर्ण रुपमा खुलिसकेको छैन । तरपनि हालै वैज्ञानिकहरुले यस क्षेत्रमा गरेको अध्ययनपछि केही रोचक जानकारी हासिल गरेको दाबी गरेका छन् ।
जर्मनीको राजधानी बर्लिनको चेरिट युनिभर्सिटी र आहायोको सिनसिनाटी युनिभर्सिटीका खोजकर्ताहरुले जेन्स दे?यरको नेतृत्वमा सो अनुसन्धान थालेका हुन् । यसका लागि उनीहरुले आफन्तको अनुमतिपछि केही बिरामीहरुको स्नायु प्रणालीलाई विस्तृत रुपमा अध्ययन गरेका थिए । यसमा उनीहरुले सडक दुर्घटनामा भयानक रुपले घाइते भएका र हृदयघातका शिकार भएका बिरामीहरुको नजिकैबाट परीक्षण गरेका हुन् । यस अनुसन्धानपछि उनीहरुले जनावर र मानिस दुवैको मस्तिष्क मृत्युको समयमा एकै तरिकाले काम गर्छ भन्ने पत्ता लगाएका हुन् ।
अनुसन्धानको मुख्य उद्देश्य मानिसको अन्तिम समयमा दिमागले कसरी काम गर्छ भन्नेमा जानकारी हासिल गर्नुका साथै ‘ब्रेन डेथ’ हुनबाट बचाउनु पनि रहेको उनीहरुले बताए । यी वैज्ञानिकहरुको खोजभन्दा पहिले पशुहरुमा गरिएको परीक्षणका आधारमा मात्र हामीलाई ब्रेन डेथ सम्बन्धि जानकारी रहँदै आएको थियो । मृत्युको समयमा रगतको बहाव रोकिने हुनाले दिमागमा अक्सिजनको कमी हुन थालेपछि मस्तिष्कको सक्रियता घट्दै जाँदा अन्त्यमा त्यसले पूर्ण रुपमा काम गर्न छाड्छ ।
यसपछि टिस्यु पुननिर्माण हुन बन्द हुन्छ र हाम्रो शरीरका सबै अङ्ग बिग्रिँदै जान्छन् । तर वैज्ञानिकहरुले भने यस प्रक्रियाको गहिराइसाथ अध्ययन गर्नका लागि विशेष समूहका बिरामीहरुको न्युरोलोजिकल गतिविधिबारे अनुसन्धान गरेका हुन् ।
यस्तोमा उनीहरुले नौमध्ये आठ बिरामीहरुको सेल्स मरिसकेपनि उनीहरुको दिमाग भने अझै मृत्युबाट बच्ने कोशिशमा सक्रिय रहेको पाएका छन् ।
ती अध्ययनकर्ताका अनुसार मुटुको धड्कन रोकिसकेपछि पनि दिमागको सेल र न्युरोनले काम गर्न छाड्दैन ।
ती न्युरोनहरुले संरक्षित आयन्सको मद्दतले आफूलाई सक्रिय बनाइ काम गरिरहेका हुन्छन् । यसपछि ती न्युरोन्सले आफू र वरिपरिको वातावरणका बीच विद्युतिय असन्तुलन बनाउने गर्छन् जसबाट उनीहरु साना झट्का पैदा गर्न सक्षम हुने गरेका छन् । वैज्ञानिकहरुको भनाइ अनुसार सो विद्युतिय अन्तुलन बनाइ राख्न उनीहरुले मृत्युको समय लगातार प्रयास गरिरहेका हुन्छन् । यस प्र्रक्रियाका लागि सेल्सले बगिरहेको रगतको प्रयोग पनि गर्ने गर्छ र त्यसैबाट अक्सिजन र रासायनिक ऊर्जा पनि प्राप्त गर्छ ।
यसरी शरीरको मृत्यु भइसकेर मस्तिष्कमा अक्सिजनको बहाव बन्द भएपनि दिमागका न्युरोनले भने बचेका साधनलाई जम्मा गर्न लगातार कोशिश गरिरहेको हुन्छ ।
यसरी यो प्रक्रिया बिस्तारै नभएर पूरै मस्तिष्कभरि एकसाथ फैलने भएकाले यसलाई वैज्ञानिकहरुले ‘अनडिस्पस्र्ड डिप्रेसन’ को नाम दिएका छन् । यसपछिको स्थितिलाई भने सेरब्रल सुनामी भन्ने गरिएको छ । किनकी केही समयपछि फेरि इलेक्ट?ोकेमिकल सन्तुलित हुने हुँदा दिमागका सेल्स नष्ट हुन थाल्दछ जसले शरीरको ताप अचानक बढाइदिन्छ र मानिसको मृत्यु हुन्छ ।
तरपनि अध्ययनले भने भविष्यमा मृत्युको प्रक्रिया अहिले जस्तो छ त्यस्तै हुनेछ भन्ने जरुरी नभएको देखाएको छ । यसबारेमा जेन्स द्रेयर भन्छन्, ‘एक्सपेन्सिभ डिपोलोराइजेसनले सेल्सलाई बदल्न सुरु गरेपछि मानिसको मृत्यु हुने गर्छ तर त्यो आफैँमा मृत्युको क्षण नभएकाले डिपोलोराइजेसनमा ऊर्जाको पुनःआपूर्ति गराएर यस प्रक्रियालाई परिवर्तन पनि गर्न सकिन्छ । तर यसलाई सम्भव पार्न अझै थुुप्रै खोजहरु आवश्यक रहेको छ । यो विषयमा कतिपय प्रश्नको जवाफहरु पाउन अत्यन्तै कठिन रहेको छ ।’
https://www.bbc.com/hindi/science-43363555