site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस) । शेयर बजारमा यस साता रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । 

नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दशमलव ९२ प्रतिशत कम हो । गत साता १७१ कम्पनीको ४७ लाख ९३ हजार १२० कित्ता सेयर रु एक अर्ब ७९ करोड ४७ लाख ९८ हजारमा कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव २७ अंकले बढेर अन्तिम दिन १२८८ दशमलव ३६ अंकमा पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ३२ अंकले बढेर २७४ दशमलव ३८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु आठ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो । 

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा जनता बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको एक लाख ६७ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 
यस साता ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको एक लाख १३ हजार बोनस, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको दुई लाख २० हजार, एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ५८ हजार ३०२, बरुण हाइड्रो पावर कम्पनीको एक लाख २१ हजार ५००, गृह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १० लाख ९१ हजार २४९, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एक लाख ७४ हजार ९९६, चिलिमे जलविद्युत् कम्पनीको ५१ लाख ७१ हजार ८८६ बोनस शेयर सूचीकृत भएका छन् । 
कैलाश विकास बैंकको २२ लाख ९१ हजार ४८८ र प्रसडेन्डियल इस्योरेन्स कम्पनीको आठ लाख ५५ हजार ३६० कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् । यस्तै माउन्ट मकालु डेभलपमेन्ट बैंकको तीन लाख ४५ हजार ८०० कित्ता हकप्रद शेयर सूचीकृत भएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC