site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओइरिँदै होटलमा लगानी, कहाँ कुन होटल बन्दैछन् ?(सूचीसहित) 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा सन् २०२० सम्ममा १० वटा ठुला पाँच तारे होटल थपिने निश्चित भएको छ । नयाँ १८ वटा पाँच तारे होटल बन्ने प्रक्रियामा रहेकोले अबको केही वर्षपछि नेपालमा पाँच तारे होटलको संख्या २८ पुग्ने पक्का छ । 

निर्माणको चरणमा रहेका तीन तारे र चार तारे होटलको संख्या पनि दुई दर्जनभन्दा बढी छ ।  नेपालमा तारे होटलका ५ लाख २३ हजार ४ सय ५३ वटा रुम रहेका छन् ।  निर्माणाधीन पाँच र चार तारे होटलहरुको निर्माणपश्चात कम्तीमा ३ हजार २ सय ६२ कोठाहरु थपिनेछन् ।     

लगानीकर्ताहरुले नयाँ तारे होटलको निर्माण कार्यलाई पर्ख र हेरको अवस्थामा राखेका थिए । अहिले सबैले काम सुरु गरेको होटल व्यवसायी योगेन्द्र शाक्य बताउँछन् ।
अहिले नयाँ होटलहरुमा बैंकको ४५ अर्ब रुपैयाँको हाराहारीमा लगानी रहेको छ । आगामी ४ वर्षभित्र नेपालमा दुईवटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछन् । भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को मध्यसम्म सञ्चालनमा ल्याउने नयाँ लक्ष्य निर्धारण गरिएको छ । 

Agni Group

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि स्तरोन्नति भइरहेको छ । तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल एकसाथ सञ्चालन हुँदा नेपालमा पर्यटकको आगमनदर बढ्ने अपेक्षासहित देशभर तारे होटल खोल्ने होडबाजी नै चलेको छ । 

गैर आवासीय नेपालीहरुको संस्था (एनआरएन) का पूर्व अध्यक्ष शेष घलेको अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङ्सको शेराटन काठमाडौंमा निर्माणकार्य जारी छ । 
करिब ८ अर्ब रुपैयाँको लगानीमा सिंगापुरको स्टारवुड ग्रुपले व्यस्थापन सम्हाल्ने गरी २०२० सम्म सञ्चालनमा ल्याउने योजना रहेको छ । 

Global Ime bank

त्यस्तैगरी स्टारउडकै व्यवस्थापनमा संचालन हुने छायाँदेवी सेन्टरमा अलफ्ट काठमाडौं होटलको पनि निर्माणकार्य जारी छ । यो होटल निर्माणसँगै छायासेन्टरले करिब पाँच अर्ब रुपैयाँ खर्च गर्ने गरी होटल निर्माण कार्य सुरु गरेको थियो । 

उक्त होटलको निर्माण कार्य अन्तिमचरणमा पुगेको छ ।  भवन निर्माण भएको र ‘फिनिसिङ’ बाँकी रहेकोले सन् २०१९ बाटै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको होटलका प्रर्वद्धक सुमन पान्डे बताउँछन् । 

उद्योगपति शशीकान्त अग्रवाल नेतृत्वको एमएस समूहले नक्सालमा पाँचतारे होटल निर्माण कार्यजारी राखेको छ । भने ठमेलमा चारतारे होटल मेरियट संचालनमा आइसकेको छ । अर्का उद्योगपति मोती दुगडले विराटनगरमा पाँचतारे होटल निर्माण गरिरहेका छन् ।  

भैरहवामा सिल्भर हेरिटेज ग्रुपको टाइगर प्यालेस नामक नयाँ पाँचतारे होटल थप भएको छ । ३ अर्ब रुपैयाँ लगानी गरिएको उक्त होटल गत डिसेम्बरबाट सञ्चालनमा आएको छ । तर औपचारिक उद्घाटन केही समयपछि गर्ने तयारी गरिएको छ ।  यो रिसोर्टमा २ सय कोठा रहेका छन् । 

रुपन्देहीको भैरहवा–लुम्बिनी सडक खण्डको पर्साचोकनजिक पवनकुमार हलुवाई र रितु हलुवाईको संयुक्त लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । जुन सञ्चालनको अन्तिम चरणमा पुगेको छ । त्यस्तैगरी भैरहवामै हाल सञ्चालनमा रहेको बोधी रेड सन होटललाई पाँचतारेमा स्तरोन्नती गर्न लागिएको छ । 

सिद्धार्थनगर होटल व्यवसायी संघका अध्यक्ष सिपी श्रेष्ठले पनि भैरहवाको बेलहियामा पाँचतारे स्तरको होटल नान्स निर्माण गरिरहेका छन् । जापानी मूलका नेपाली नागरिक ताकासी मियाहाराले पोखराको सराङकोटमा पाँचतारे भ्यू अन्नपूर्ण होटल बनाइरहेका छन् । 

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले २ अर्ब लगानीमा लैनचौरमा पाँचतारे होटल निर्माण सुरु गरेका छन् । होटल ली शेर्पामा १ सय २० कोठा रहनेछ । 

थपिए २०१७ मा पाँच तारे सहित दर्जन होटल 

होटलमा लगानीको हिसावले सन् २०१७ भने पर्यटन क्षेत्रमा सुखद रहेको छ । गतवर्ष दशकौंपछि पाँच तारे र चार तारे होटलहरु थपिएका छन् । भने दर्जनौको संख्यामा पर्यटक स्तरका होटलहरु थपिएका छन् । जसमा अर्बौ लगानी भएको छ । 

नेपालमा दशकपछि पाँचतारे होटल थपिएको छ । तर विगत लामो समयदेखि सञ्चालनमा रहेका दुईवटा पाँच तारे होटल भने बन्द भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भैरहवाको सिल्भर हेरिटेज ग्रुपको टाइगर प्यालेस नामक नयाँ पाँच तारे होटल थप भएको छ । यो होटललाई सिल्भर हेरिटेजले विदेशी लगानीको रुपमा भर्खरै नेपाल भित्र्याएको हो । 

एकदशक पछि नयाँ पाँच तारे होटल सञ्चालनमा आएको हो । २०७२ को भूकम्पपछि राजधानीको एभरेस्ट होटल बन्द छ भने मजदुर समस्या तथा व्यवस्थापनको कमजोरीले पोखराको फूलबारी रिसोर्ट गत साउनदेखि बन्द अवस्थामा छ । एउटा होटल थप हुँदा दुई वटा बन्द हुनुले पर्यटनमा देखिएको सम्भावनामा राम्रो सन्देश नगएको होटल संघ नेपाल (हान) का महासचिव विनायक शाह बताउँछन् । 

नयाँ चार तारे होटल २७ वर्षपछि थपियो 
 

नेपालमा करिब तीन दशकपछि औपचारिक रुपमा नयाँ चारतारे होटल एकै वर्षभित्र तीन वटा थप भएका छन् ।  २७ वर्षअघि स्थापना भएको ललितपुरको हिमालयन होटलपछि औपचारिक रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दर्ता भएका चारतारे होटलको संख्या पाँच वटा पुगेका छन् ।  यसअघि दशकौंसम्म चारतारे होटलको रुपमा लाजिम्पाटको शंकर र हिमालयनलाई मात्रै लिने गरिएको थियो ।  

काठमाडौंभित्र सीमित चारतारे होटल अब राजधानीबाहिर पनि पुगेका छन् राजधानीमै सीमित चारतारे होटल हाल बाहिर पनि निर्माण हुने क्रम बढ्न थालेको मन्त्रालयलको भनाइ छ । 

पर्यटन विभागले दिएको जानकारी अनुसार सन् २०१७ मा थप भएका तीन वटा चारतारे होटल काठमाडौं बाहिर निर्माण भएर सञ्चालनमा आएका छन् ।  

कञ्चनपुरको होटल ओपेरा, नेपालगन्जको होटल कृष्णा र सिमराको होटल इच्छाले पर्यटन विभागबाट चारतारेको अनुमति पाएका हुन् ।  यी बाहेक मन्त्रालयको सम्पर्कमा आइसकेका र छिट्टै निरीक्षण गरेर स्तर वर्गीकरणपश्चात् चारतारेको मान्यता पाउने होटलमा नेपालगन्जकै सोल्टी सिब्क्रिम, नगरकोटको मिस्टिक माउन्टेन, कोहलपुरको सेन्ट्रल प्लाजा सहितका होटल रहेको उल्लेख छ ।  

यसबाहेक व्यवसायीले विभिन्न माध्यमबाट घोषणा गरेका होटल निर्माणकै चरणमा रहेकोले सम्पन्न भए पनि मन्त्रालयले गर्ने निरीक्षणबाट मात्रै स्तर वर्गीकरण हुने उल्लेख छ । पहिल्यै चारतारे भनेर निर्माण गरिए पनि स्तर वर्गीकरण पश्चात उक्त होटल तीनतारे हुने गरेको छ । यसअघि ठमेलको होटल मेरिओट चारतारे भनेर निर्माण सुरु गरिए पनि सञ्चालनमा आउँदा तीनतारेको मात्रै स्तर पुगेको पर्यटन विभागको भनाइ छ ।

तीन दशकदेखि नेपालमा चारतारे होटलको संख्या थप हुन नसकेको भए पनि पर्यटन क्षेत्रमा देखिएको सकारात्मक सम्भावना, लगानीको वातावरण बन्दै जानु र दीर्घकालीन लाभको दृष्टिलाई हेरेर नयाँ होटल थप भएको महासचिव शाह बताउँछन् । 

उनका अनुसार तीन वर्षभत्रै काठमाडौंमा मात्रै चारतारे होटलमा चार हजार कोठा थप हुँदैछन् ।  पछिल्लो तीन दशकसम्म एउटा पनि चारतारे होटल नथपिए पनि हाल थपिएका र निर्माणको क्रममा रहेकासहित दर्जन चारतारे होटल आउने तयारीमा रहको पनि शाहले बताए । 

पर्यटन विभागका अनुसार सन् २०१७ मा तीनतारे होटल तीन वटा थप भएका छन् ।  थपिएका तीनतारे होटलमा ठमेलको १ सय १५ कोठे म्यारिओट, ठमेलकै ६३ कोठे मलवरी र हेटौंडाको ६० कोठे सामना होटल रहेका छन् । 

यसअघि ३१ वटा रहेको तीनतारे होटलमा थप संख्यासहित ३४ वटा पुगेको पर्यटन विभागले जानकारी दिएको छ । 

विभागका अनुसार पर्यटकस्तरका होटल भने २३ वटा थप भएका छन् ।  पर्यटकस्तरका होटल हाल ४ सय ८५ वटा पुगेको उल्लेख छ । विभागले दिएको जानकारी अनुसार दुईतारे होटल भने गत वर्ष थप भएनन् । यस्ता होटलको संख्या ४३ छन् ।  ६ वटा एकतारे होटल भने निरीक्षणका क्रममा स्तर घटुवा भएर पर्यटकस्तरमा झरेका छन् ।  
 
घोषणा गरिएका तारे होटलहरु 

चौधरी ग्रुपले ललितपुरको पुल्चोकमा, त्रिपुरेश्वरमा, बूढानीलकण्ठमा ५० कटेजसहितको लक्जरी वेलनेस रिट्रिट सेन्टर र पोखराको सराङकोटमा ८० कोठा भएको पाँचतारे होटल बनाउने घोषणा गरिसकेको छ ।

अर्को व्यावसायिक घराना सुमार्गी समूहले पनि पाँचतारे होटलमा ५ अर्ब लगानी गर्ने घोषणा गरिसकेको छ । तर घोषणा गरेको दुईवर्ष भइसकेको भएपनि निर्माण कार्य भने अझै सुरु गरेका छन् ।   

विनोद चौधरी र रवीभक्त श्रेष्ठले कुपण्डोलस्थित होटल समिटको स्तरोन्नति र थप दुई होटलमा ६ अर्ब रुपैयाँ खर्चिने घोषणा गरिसकेका छन् । होटल समीटलाई ‘वल्र्डक्लास’ बुटिक होटलमा स्तरोन्नति गर्ने बताइएको छ । चौधरी समुह र एनई समुले समीटको ६० प्रतिशत शेयर खरिद गरेका छन् । त्यस्तैगरी ठमेलमा एनआरएन होटल समेत निर्माण भइरहेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पाँचतारे होटल बनाउँदैछ ।  शंकर समूहले नक्सालमा पाँचतारे होटल निर्माण गर्ने घोषणा गरेर डिजाइनसमेत तयार पारिरहेको छ । 

काठमाडौं फनपार्क भ्यालीले चन्द्रागिरिमा २ सय कोठाको पाँचतारे होटल बनाउन थालेका छन । भने केबलकार संचालमा आइसकेको छ । 

  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC