site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपचाररत मेयर चौधरी भेट्न पुगे प्रधानमन्त्री ओली, दोषीलाई कडा कारवाही गर्ने प्रतिवद्धता 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् ।
मेयर चौधरी अपरिचत समुहले गत सोमबार (फागुन २८ गते)  घोडाघोडी मै  गोली र खुकरी हानेर सख्त घाइते भएका थिए । 

शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओली सहित नेकपा –एमालेका नेताहरुले चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदीप थापाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए अनुसार चौधरीको अवस्था खतरामुक्त छ ।  प्रधानमन्त्री ओलीले चौधरीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले अस्पतालाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

Global Ime bank

“उपचार खर्च सरकारले बेहोर्छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, “उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस ।”
प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC