site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गणेश लामाको रिहाइको माग गर्दै कांग्रेसको प्रदर्शन, जुलुसमा दोहोरो झडप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धुलिखेल (रासस) ।  गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।
आज बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकाल्न लागिएको जुलुसमा दोहोरो झपड भएको हो । मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।
जुलुस शुरु गर्नुअघि काँग्रेसका नेता कार्यकर्ताले गणेश लामालाई रिहाइ गर, प्रहरी दमन बन्द गरलगायतका नारा लगाएका थिए । झडपका क्रममा नेपाली काँग्रेसका करिब २० जना कार्यकर्ता घाइते भएको र उनीहरुको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताए ।
काँग्रेसका कार्यकर्ताले पार्टी कार्यालय गोदामचोकबाट चार दोबाटोसम्म आएर नाराबाजी गरेका थिए । सो क्रममा सडकमा करिब एक घण्टा सवारी आवागमनसमेत बन्द भएको थियो । 
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले राँके जुलुस निकाल्न खोजेपछि खोस्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको र भीडलाई हटाउने क्रममा अश्रुग्यास प्रहार गर्नुपरेको बताए ।
लामालाई गत बुधबार साँझ काठमाडौँको गौशालास्थित होटल पशुपति भिजनबाट प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने छ थान गोलीसहित पक्राउ गरेको थियो । लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ का नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार  बनेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC