site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दमकमा ‘ऐलानी’को परिचर्चा
Sarbottam CementSarbottam Cement

दमक । बादी समुदामाथिको विवेक ओझाकृत ‘ऐलानी’को दमकमा परिचर्चा भएको छ । गजल र कथाबाट साहित्यमा पैताला डोर्याएका ओझाले बादी समुदायको सामाजिक मनोदशामा आधारित भएर उपन्यास–लेखनमा डेब्यु गरेका हुन् ।

शनिबार देशको सुदूरपूर्वी सहर दमकमा आयोजित परिचर्चामा बोल्दै मुनाराज शेर्माले ‘ऐलानी’ले बादी समुदायको पहिचान सादृष्य उतारेको आशय प्रकट गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

‘ऐलानी’ पहिचानको विम्ब भएको बताउँदै आफ्नै समुदायलेमात्रै पहिचानको आन्दोलन सिर्जना गर्नुनपर्ने भन्दै लेखकप्रति खुसी प्रकट गरे ।

उपन्यासलाई बलशाली बनाउन लेखक कतै चुकेको उल्लेख बताए । त्यस्तै सर्जक सीमा आभासले उपन्यासमा नारी पात्र कमजोर रहेका बताउँदै ‘ऐलानी’ महिला सशक्तिकरणलाई ओगट्न नसकेको प्रष्ट्याइन् ।

Global Ime bank

त्यस्तै उनले नेपाली साहित्यमा महिलालाई अत्यन्त दया र कमजोर पात्रको रूपमामात्र चित्रण गरिनु दुखद् भएको प्रशंग कोट्याइन् ।

कार्यक्रममा लेखक ओझाले आफूले समाजको हुबहु चित्र उतारेर सम्बन्धित निकायलाई र इतर समाजलाई घच्घच्याउन चाहेको बताए । उनले ‘ऐलानी’ बादी समुदायको सानो अंशमात्रै भएको बताउँदै त्यस विषयमा अनेक किताब लेख्न सकिनेसमेत बताए । कार्यक्रमलाई घनश्याम पथिकले सहजिकरण गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC