site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसको राजनीतिक अवस्था निकै कमजोर हुन पुगेकोमा कसैलाई शंका रहेन । संघीय सरकारदेखि प्रदेशको सरकार र अधिकांश स्थानीय सरकारमा नेपाली कांग्रेसको कुनैपनि उपस्थिति छैन । सबै कांग्रेसजनले बुझेका छन्, अहिलेको जस्तो कमजोर राजनीतिक अवस्थामा यो दल कहिल्यै पुगेको थिएन । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा अनेक आरोप–प्रत्यारोप तथा दोषारोपणको सिलसिला चलिरहेको छ, तर आफूलाई सुधार्ने विषयमा एकमत रुपमा यस्तो हुने भन्ने सशक्त विचार बाहिर आएको छैन । बाह्य रुपमा नेपाली कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षको भूमिकामा बस्न जनताले दिएको म्याण्डेट स्वीकार्ने मनस्थिति बनाउँदै छ । तर, जिम्मेवार प्रतिपक्ष भनेको कस्तो हुन्छ र यसले के गर्छ भन्ने विषयमा भने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता रणभुल्लमा परेको देखिन्छ ।  

वि.सं. २०४९ सालदेखि करिब एक दशक नेकपा एमालेले पनि जिम्मेवार प्रतिपक्षको भूमिका खेलेको भन्दै सडकमा ढुंगा हान्ने, शिक्षण संस्था बन्द गराउने, सडकमा सवारी आवागमन रोक्ने, रेलिङ भाँच्ने काम गरेको थियो । के नेपाली कांग्रेसले पनि प्रतिपक्षमा हुँदा त्यस्तै भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोचेको हो ? प्रतिपक्षमा हुँदा नेकपा एमालेले आफ्नो कार्यकर्ताको बल बढायो, गलत तत्वलाई संरक्षण दियो, जसले गर्दा सो दल आफूले चाहेको अवस्थामा कुनैपनि प्रकारको वितण्डा मच्चाउन सक्ने भयो । तर, एमालेको अहिलेको शक्ति उसले विगतमा गरेका गलत र अलोकतान्त्रिक व्यवहारको कारणले प्राप्त गरेको होइन । उसले आफूलाई सुधार गरेको र भारतले नेपालमा लगाएको नाकाबन्दीको डटेर विरोध गरेका कारणले जनताले पत्याएका हुन् । अझ त्योभन्दा बढी त नेपाली कांग्रेसले आफूलाई सही ढंगले प्रस्तुत गर्न नसकेको कारण जनता वाम गठबन्धनको मोहमा परेका हुन् । त्यसैले नेपाली कांग्रेसले पनि लडाकु कार्यकर्ता जम्मा गरेर राजनीतिक उचाइ प्राप्त गर्ने विषयमा सोच्नु गलत हुनसक्छ । नेपाली कांग्रेसजस्तो उदार समाजवादी व्यवस्थामा विश्वास गर्ने दल एक कम्युनिष्ट सिद्धान्तमा विश्वास गर्ने दलको पदचिन्हमा हिँडेर यसको उन्नति र प्रगति अवश्य हुँदैन, बरु आफ्नो राजनीतिक साख गुमाउने निश्चित देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वर्तमान परिस्थितिमा नेपाली कांग्रेसले कैलालीको टीकापुर घटनामा एक एसएसपीसहित ७ जना प्रहरी र एक दुई वर्षीय बालकको हत्या आरोप लागेका रेशम चौधरीलाई सरकारले माफी दिन गरेको तयारीको विरोध गर्नुपर्ने हो । अहिले सेयर बजारको अवस्था नाजुक छ, साधारण लगानीकर्ताको अर्बौं लगानी डुब्ने अवस्थामा पुगेको छ । बरु यस विषयमा सकारात्मक सरकारी भूमिकाको लागि दबाब दिनुपर्ने हो । काठमाडौंका सडक अत्यन्त धुलाम्य भएर जनताले दुःख पाएको वर्षौं भैसकेको छ । धेरै नेपाली धुलो, धुवाँ र प्रदूषणले गर्दा क्यान्सरजस्तो रोगको सिकार भइरहेका छन् । नेपाली कांग्रेसले यो विषयमा आन्दोलन नै गर्नुपर्ने हो । अरु केही नभए पनि आफ्नो दलका नेता तथा केन्द्रीय समिति सदस्य डा. रामशरण महतमाथि भएको बोतल आक्रमणको निन्दा गर्दै भविष्यमा नेपाली कांग्रेसका नेतामाथि हुनसक्ने यस्ता घटनालाई दुरुत्साहन गर्नुपर्ने हो । तर, नेपाली कांग्रेस यस्ता काम केही गरिरहेको छैन । सही काम नगर्नेमात्र होइन, अझ गलत कार्यमा समेत सम्मिलित हुन थालेको हुनाले यति लामो लोकतन्त्रको लडाइँ लडेको इतिहास भएको दललाई बचाउनुपर्ने सम्पूर्ण लोकतन्त्रवादी शक्तिको जिम्मेवारी भएको छ । तर, कांग्रेसका कार्यकर्ता अन्तै व्यस्त देखिन्छन् ।

शनिबार बेलुकी नेपाली कांग्रेसको बनेपास्थित कार्यालयबाट एउटा राँके जुलुस निस्कियो । सो जुलुसको मुख्य नारा गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई प्रहरी नियन्त्रणबाट निकालियोस् भन्ने थियो । नेपाली कांग्रेसले कुनैपनि अवस्थामा राँके जुलुस निकाल्नु हुँदैन । जबसम्म सरकारले भेला हुन र आफ्ना विरोधका कुरा राख्न रोक लगाउँदैन, तबसम्म लोकतान्त्रिक राजनीतिक दलले हिंसात्मक र खतराजन्य प्रकारले आन्दोलन गर्नु हुँदैन । झन् अपराधी भनेर चिनिएका व्यक्तिको समर्थनमा मात्र जुलुश निकालेर दलकै बेइज्जत गर्ने व्यक्ति नेपाली कांग्रेसका सच्चा समर्थक हुन सक्दैनन् भनेर सो दलबाट तत्काल विज्ञप्ति आउनुपर्ने हो, जुन आएको छैन ।

Global Ime bank

नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य र मान्यता छाडेर जनताका बीच अप्रिय हुने कार्यमा जोड दिनुले यो दलप्रतिको जनताको समर्थन पक्कै पनि बढेर जाँदैन । हिंसा विरोधी, शान्तिप्रिय, सहिष्णु र बृहत्तर जनताको हितको विषयमा नेपाली कांग्रेसले आवाज उठाउनु पर्दछ । लोकमानसिंह कार्कीमाथि महाभियोग लगाउँदा केही नबोल्ने, सुशीला कार्कीमाथि महाभियोग लगाउने, गोपाल पराजुलीको विरोधमा बोल्न नसक्ने, गोविन्द केसीको समर्थनमा खुलेर आउन नसक्ने, विदेशी हस्तक्षेपको विषयमा मौनता साँध्ने कार्यले नेपाली कांग्रेस कमजोर भएको हो भन्ने विषयमा कुनैपनि नेता छाती ठोकेर अघि आउन नसक्नुका कारण नेपाली कांग्रेस अहिलेको अवस्थामा आएको हो । अब पनि जनताको हितमा नबोल्ने र गणेश लामाको समर्थनमा राँके जुलुस निकाल्ने मनस्थिति कायमै राख्ने हो भने नेपाली कांग्रेस अझै जस्केलामा पर्ने कुरामा नेतृत्वले ध्यान दिनु अत्यन्तै जरुरी भैसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC