site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सम्भावना बोकेको र बढी फाइदा उठाउने राष्ट्र नेपाल
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी विश्वकप छनोटको समूह चरणमा लगातार तीन पराजय बेहोरेको नेपालले आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउँछ भन्ने कमैले सोचेका थिए । तर, सोचेभन्दा फरक भयो । छनोटबाट नेपालले अस्थायी एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्राप्त गर्यो ।

विश्वकप छनोटको समूह चरणमा एक जित र प्लेअफमा एक जितसहित नेपालले छनोटमा दुई खेल जित्यो । अन्ततः त्यही २ जितले नेपालले एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्यो  ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात् आईसीसीले समेत यो छनोटबाट नेपालले सबैभन्दा बढी फाइदा लिन सफल भएको बताएको छ । प्रतियोगितामा नेपालको प्रदर्शनको मूल्यांकन गर्दै आईसीसीले भनेको छ, "धेरै खेलमा पराजयका बाबजुद कुनै टोलीले सम्भावना देखाएको र फाइदा उठाएको छ भने त्यो टोली हो नेपाल । विश्वकप छनोटमा नेपालको प्रवेश नाटकीय रह्यो र नेपालले छनोटमा धेरै कुरा प्राप्त  गरेको छ । उसले सन् २०२२ सम्मको लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो ।"

Agni Group

आईसीसीको टेष्ट र एक दिवसीय मान्यताप्राप्त राष्ट्र सम्मिलित छनोटको समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले एक जितसहित समूह चरणको खेल टुंग्याएको थियो । एक जितले सुपर सिक्समा पुग्न नसके पनि नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै एकदिवसीय मान्यता पाउने सम्भावना बलियो बनाएको थियो । अर्को प्लेअफमा नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाउन सफल भएको थियो ।

आईसीसीले यो छनोटमा नेपालको सकारात्मक र नकारात्मक पाटोलाई समेत उल्लेख गरेको छ । आईसीसीले सकारात्मक पक्षमा १७ वर्षीय युवा लेग स्पिनर सन्दिप लामिछानेको प्रदर्शन उल्लेख गरेको छ । सन्दिपले नेपालको जितमा अहम् भूमिका खेलेको र उनी उदीयमान खेलाडी भएको आईसीसीले जनाएको छ । सन्दीपले ६ खेलमा १३ विकेट लिएका थिए ।

Global Ime bank

यस्तै, आईसीसीले नेपालको ब्याटिङ प्रदर्शनबारे समेत लेखेको छ । आईसीसीले नेपालको ब्याटिङमा कप्तान पारस खड्काको एक्लो नेतृत्व रहेको जनाएको छ । आईसीसीले कप्तान पारसले बाहेक अन्य ब्याट्सम्यानले रन जोड्न असफल भएको तर दिपेन्द्र सिंह ऐरीले केही प्रयास गरेको उल्लेख गरेको छ ।

त्यस्तै जिम्बावेमा जारी विश्वकप छनोटको सुपर सिक्सको खेलहरु जारी रहँदा आईसीसीले सुपर सिक्समा पुग्न असफल राष्ट्रहरुको मूल्यांकन गरेको छ । शनिबारबाट प्लेअफका सबै खेल सकिएसँगै आईसीसीले समग्र मूल्यांकन नतिजा निकालेको हो  ।

विश्वकप छनोटमा आठौं स्थानमा रहेको नेपाललाई आईसीसीले ग्रेड सी मा मूल्यांकन गरेको छ । यस्तै, सातौं भएको नेदरल्याण्डलाई पनि आईसीसीले सी ग्रेड दिएको छ । डिभिजन – २ मा घटुवा भएको पपुवा न्युगिनी र हङकङले डी ग्रेड पाएका छन् ।

 
नेपालको समग्र नतिजा
समूह चरण 

जिम्बावेविरुद्ध ११६ रनले पराजित 

स्कटल्याण्डविरुद्ध ४ विकेटले पराजित 

अफगानिस्तानविरुद्ध ६ विकेटले पराजित 

हङकङविरुद्ध ५ विकेटको जित

 प्लेअफ 

पपुवा न्युगिनीविरुद्ध ६ विकेटको जित

सातौं र आठौं स्थानको प्लेअफ

नेदरल्याण्डविरुद्ध ४५ रनले पराजित

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC