अर्थ व्यवसाय
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिए ।
उक्त सम्झौता अनुसार म्याक्स मनीको मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एनआइसी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४ हजार६०० भन्दा बढि सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४ १९:०१
प्रतिक्रिया दिनुहोस्