site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

हेटौँडा । प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले हेटौँडामा आइतबारदेखि दुई दिन चालु तथा आगामी आव २०७४÷२०७५ को बजेट तर्जुमामा विज्ञसँग छलफल कार्यक्रम शुरु गरेको छ । 

मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको उद्घाटन गर्नुहुँदै आगामी पाँच वर्षमा गर्न सकिने कामको मात्र योजनातर्जुमा गर्नुपर्ने बताउनुहुँदै सम्भव नहुने योजनातर्जुमा नगर्नु नै राम्रो हुने धारणा राखे ।  

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश नं ३ कृषि, उद्योग ,शिक्षा, पर्यटन, ऊर्जा र जनशक्तिको सम्भावना भएको क्षेत्र भएकाले यसको समुचित उपयोग गर्न इमानदारीपूर्वक एकजुट भएर काम गर्न आवश्यक रहेको बताए ।  

सो अवसरमा मन्त्रालयले विज्ञ ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, तीलचन्द्र भट्टराईलगायतका पाँच जनासँग चालु वर्ष र आगामी आवको बजेटसम्बन्धी संविधानमा भएको व्यवस्था तथा कानूनी व्यवस्थाबारे छलफल गरी प्रदेश सरकारलाई सुझाव दिनेछ । 

Global Ime bank

प्रदेश नं ३ को मन्त्रिपरिषद्ले चालू वर्षको बजेट यही चैत २० गते प्रदेशसभामा पेश गर्ने जानकारी दिएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC