site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन तथा प्रदर्शनी ‘ग्लोबल एडभेन्चरः माउन्टेनरिङ कन्फ्रेन्स एण्ड एक्स्पो–२०१८’ काठमाडौँमा आयोजना हुने भएको छ । 

नेपाल पर्यटन बोर्डको सहकार्यमा हाउस अफ राजकर्णीकार नामक संस्थाले यही चैत ९ देखि ११ गतेसम्म अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न लागेको यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।तीनदिने सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै ६० वक्ता र २५० जना पाहुना सहभागी हुनेछन् । झण्डै तीन हजार सर्वसाधारणले सम्मेलनको अवलोकन गर्ने प्रक्षेपण गरिएको छ । 

नेपाल, भारत, चीन, अफगानिस्तान, अफ्रिका, युरोप, अमेरिकालगायत मुलुकबाट सम्मेलनमा सहभागिता रहनेछ । तीन मुख्य विषय साहसिक खेल, साहसिक पर्यटन तथा वातावरण विषयमा विशेष छलफल हुने आयोजकले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी, उक्त सम्मेलनमा ३० भन्दाबढी साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीको सहभागिता रहनेछ । 

पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रबन्ध निर्देशक वीरेन्द्र राजकर्णीकारले नेपाललाई विश्वकै साहसिक केन्द्र ‘एडभेन्चर हब’ बनाउने उद्देश्यले आयोजित सम्मेलनले साहसिक पर्यटनलाई सबल, सक्षम र थप प्रभावकारी बनाउन कोसेढुंगा सावित हुने बताए ।  

Global Ime bank

उनले विकसित मुलुकमा उत्तम विकल्पका रुपमा बढ्दै गएको विश्व साहसिक पर्यटन बजारमा हिमालयको देश नेपालको साहसिक पर्यटनलाई थप प्रवद्र्धन गर्नुका साथै यो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने गन्तब्यका रुपमा सम्बन्धित वस्तु तथा सेवाको किनबेच तथा उपलब्धता गराउन सम्मेलन उपयोगी हुने बताए ।  

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापाले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय जगतमा फैलाउने उपयुक्त माध्यमका रुपमा लिइएको सम्मेलनलाई भब्यरुपमा सफल पार्न बोर्डले सक्रिय भूमिका खेल्ने बताए ।  

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले पर्वतीय पर्यटन प्रवद्र्धनार्थ सम्मेलन सहयोगसिद्ध हुने र यसलाई सफल पार्न सबै क्षेत्रको सहयोगको खाँचो औँल्याए ।  

नेपालमा साहसिक पर्यटन शुरु हुने समय मार्च महिना नै पारी गरिने उक्त सम्मेलनमा करिब १५० जना अन्तर्राष्ट्रिय बायर्स (क्रेताको) उपस्थिति तथा वस्तु किन्ने वचनबद्धताले सम्मेलन झन महत्वपूर्ण हुने आयोजकको विश्वास छ । 

होटल याक एण्ड यतिमा हुने सम्मेलनलाई बोर्ड, नेपाल वायुसेवा निगम, टर्किज एयरलाइन्स, पर्यटन क्षेत्रका विभिन्न संस्था गरी ३० भन्दाबढीको सहयोग रहेको छ । साहसिक पर्यटनलाई विश्वव्यापीकरण गर्ने लक्ष्यका साथ पहिलोपटक आयोजित सम्मेलनलाई आगामी वर्षदेखि थप व्यवस्थित बनाइने जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  २१:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC