site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सगरमाथाबाट सय टन फोहोर काठमाडौँ ल्याइँदै
Sarbottam CementSarbottam Cement

बीबीसी । सर्वोच्च शिखर सगरमाथामा फोहोर व्यवस्थापनको कार्य सुरु गरिएको छ । यस अन्तर्गत पर्यटकहरुले आरोहणका क्रममा छाडेका सय टन फोहोर व्यवस्थापनका लागि हवाइजहाजमार्फत काठमाडौँ पु¥याइने बताइएको छ ।

यो अभियानको पहिलो दिन नै लुक्लाबाट १२०० किलो फोहोर पुनःप्रयोग गर्न काठमाडौँसम्म ल्याइएको हो । आरोहणकर्ताहरुलाई आफ्ना साथमा लगेका सम्पूर्ण वस्तुहरु जस्ताको त्यस्तै फिर्ता ल्याउन भनिएपनि हरेक वर्ष स्थानीयवासीहरुले सयौँ किलो फोहोर संकलन गर्ने गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तरपनि पर्यटकहरुले छाड्ने फोहोरमा बियरका बोटल, फुड क्यान, अक्सिजनका बोटल लगायत ट्रेकिङका उपकरणहरु हुने गरकाले ती सबैलाई पुनःप्रयोग गर्न मिल्ने हुँदा व्यवस्थापनका लागि राजधानी ल्याइने भएको हो । यस कार्यक्रमका लागि यति एयरलाइन्सले सहकार्य गरिरहेको बताइएको छ ।

यसअघि भने सबै किसिमका सरसफाइ अभियान स्थानीयवासीहरुले सञ्चालन गर्दै आएका थिए । तर पछिल्लो समयमा भने सगरमाथा प्रदुषण नियन्त्रण समितिले यस कार्यको जिम्मा लिएको छ । 

Global Ime bank

तर अझैपनि स्थानीय शेर्पा वासिन्दाहरुले नै उचाइका फोहोर संकलन गर्दै आएको बताइएको छ । समितिका अनुसार गत वर्ष १ लाख भन्दा बढीले सो क्षेत्रको भ्रमण गरेका थिए । ती मध्ये ४० हजार आरोहणकर्ता रहेको बताइएको छ । त्यसैले स्थानीय र समितिले ती सम्पूर्ण मानिसहरुले छोडेका वस्तुगत लगायत जैविक फोहोरलाई समेत आफैँले व्यवस्थापन गर्नुपर्ने हुँदा यसअघि धेरै कठिनाइ भइरहेको उनीहरुले बताएका थिए । सन् २०१५ मा नै राष्ट्रिय पर्वतारोहण संघले अव्यवस्थित दिशापिशाबका कारण सगरमाथा क्षेत्रमा गम्भीर स्वास्थ्य समस्या देखा पर्ने चेतावनी दिएको थियो । अहिले भने समितिले क्याम्पका वरिपरि पोर्टेबल शौचालय स्थापित गराएको छ । 
http://www.bbc.com/news/world-asia-43443196

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC