site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प प्रशासनबाट अर्का अधिकारी पनि बर्खास्त
Sarbottam CementSarbottam Cement

बीबीसी । ट्रम्प प्रशासनबाट निकालिने अधिकारीको सूचीमा अर्को नाम पनि थपिएको छ । यसपटक भने एफबीआई अनुसन्धान विभागका उपनिर्देशक एन्ड्रयु मकेबलाई बर्खास्त गरिएको छ । अवकास ग्रहण गर्न दुई दिन मात्र बाँकी हुँदा पनि उनलाई विभिन्न आरोपमा तत्कालै निकालिने निर्णय भएको बताइएको छ । एफबिआइकै अधिकारीले गरेको आन्तरिक जाँचमा मकेबले सूचना चुवाहट गरेको र जाँचकर्तालाई अज्ञात राखेको पाइएपछि महान्यायधिवक्ता जेफ सेसनले उनलाई बर्खास्त गर्ने निर्णय सुनाएका हुन् । 

मकेबले भने सबै आरोपलाई गलत ठहर गर्दै २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप सम्बन्धि अनुसन्धानमा आफू संलग्न भएकाले एक्लो पारि निशाना बनाइएको बताएका छन् । अर्कोतर्फ राष्ट्रपति ट्रम्पले यस खबरप्रति खुसी व्यक्त गर्दै शनिबार ट्वीट गरेका हुन् ।  यसअघि पनि ट्वीटरमार्फत ट्रम्पले पटकपटक मकेबको आलोचना गर्दै आएका छन् । ट्वीटमा ट्रम्पले मकेबमाथि एफबिआइमा भइरहेको उच्च स्तरको भ्रष्टाचार र झुटा जानकारीबारे सबै थाहा भएर पनि चुप लागेर बसेको आरोप लगाएका हुन् । यो भन्दा अगाडि ट्रम्पले ‘एफबिआइका उपनिर्देशक मकेब पूरा लाभका साथ अवकाश ग्रहण तर्फ अघि बढिरहेका छन्, केबल ९० दिन बाँकी’ भन्दै ट्वीट गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मकेबले भने कानूनी संस्थाभित्र राजनीति बढेपछि यस्तो हुन्छ भन्ने बल्ल थाहा पाइरहेको भन्ने प्रतिक्रिया दिएका छन् । यसअघि ट्रम्पले विदेश मन्त्री रेक्स टिलरसनलाई पनि बर्खास्त गरेका थिए । यसबाहेक ट्रम्प प्रशासनबाट बाहिरिनेमा ह्वाइट हाउसका आर्थिक सल्लाहकार ग्यारी कन र स्वास्थ्य सचिव प्राइस जस्ता व्यक्तिहरु पनि रहेका छन् । उता ट्रम्पका वकिल, जोन डोडले मकेब बर्खास्त भएसँगै रुसी अनुसन्धान पनि अन्त्य गर्न अपील गरेका छन् । 

मकेबले ट्रम्प र एफबिआइ निर्देशकबीचको संवादको रेकर्ड राखेको खबर शनिबार बाहिर आएको थियो । उक्त रेकर्डिङले गत वर्ष बर्खास्त भएका एफबिआइका निर्देशक जेम्स कमेको पक्ष लिन सक्ने खुलासा गरिएको थियो । यसअघि कमेले राष्ट्रपति ट्रम्पले आफ्नो वफादारीता माग्दै रुसबारे अनुसन्धान अन्त्य गराउन आग्रह गरेको बयान दिएका थिए । त्यसैले आफूलाई कमे निकालिए पछिको अवस्थाबारे सम्पूर्ण कुरा थाहा भएको र रुसमाथि अनुसन्धानको प्रक्रियामा पनि धेरै अघि बढिसकेकाले आफूमाथि यस्तो प्रहार भएको मकेबको भनाइ छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC