site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्रोतको एकएक थोपा र शक्तिको एकएक बुँद लगाएर काम गर्नुस्ः प्रधानमन्त्री ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारको काँधमा ऐतिहासिक अभिभारा रहेकाले स्रोतको एक–एक थोपा र शक्तिको एक–एक बुँदको सदुपयोग गरेर काम गर्न सकारका मन्त्री तथा मुख्यसचिव, सचिव तथा उच्च पदस्थ कर्मचारीहरुलाई निर्देश गरेका छन् ।  

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा आइतबार आयोजित भेलालाई विशेष सम्बोधन कार्यक्रममा उनले त्यस्तो निर्देश गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यो टिम राष्ट्रको जिम्मेवारीको ऐतिहासिक अभिभारा पूरागर्न बनेको भाग्यशाली टिम हो, अहिलेका सबै राष्ट्रिय अभिभारा पूरागर्न असाधारण भूमिका निर्वाह गर्नुहोस् प्रधानमन्त्री ओलीले भने, “सामान्य समयतालिकाकाआधारमा होइन, असाधारण सक्रियताकासाथ काम गर्नुहोस् ।” यो सरकारसँग जनताको अपेक्षा ठूलो रहेको उनले बताए ।

समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न सन् २०३० सम्म दिगो विकास लक्ष्य पूरा गर्न काम गर्ने जिम्मेवारी सबैमा रहेको उनले बताए । कर्तव्यबाट च्यूतहुने वा पलायन हुने, जनताको सेवाको कामबाट विभिन्न बहानाबाजी गरेर विमुख हुनेकुरा कडापी स्वीकार हुँदैन, निर्देश गर्दै प्रधानमन्त्री ओलीले भने, “सेवाभावले जनताप्रति समर्पित हुनुहोस्, अनियमित्ता, दायाँबायाँ गर्ने छुट कसैलाई छैन ।”

Global Ime bank

यो सरकारले सम्पूर्ण निष्ठाकासाथ जनताको अपेक्षा पूरा गर्नमा लाग्ने प्रतिवद्धता जनाउँदै उनले  यसअघिको सरकारजस्तो यो सरकारलाई गैरजिम्मेवार हुन छुट नरहेको बताए । “यो सामान्य अवस्था होइन, असामान्य हो, यो सरकार सामान्य सरकार होइन, असामान्य जिम्मेवारी बोकेको सरकार हो भन्दै प्रधानमन्त्री ओलीले दायाँबायाँ नगर्न निर्देश गरे ।

शान्ति–सुरक्षा खल्बल्याउने, मुलुकको अखण्डतामा आँच पु¥याउने कुनै काम हुन नदिन सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्री ओलीले निर्देश गरे । जनताले गरेको अपेक्षा पूरा गर्नमा यो सरकार केन्द्रीत रहने उनले विश्वास दिलाए ।

कार्यक्रममा सरकारका मन्त्रीहरु, मुख्यसचिव, मन्त्रालयका सचिव, सरकारका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता थियो । प्रधानमन्त्री ओलीले करिब डेढ घण्टा भेलालाई सम्बोधन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ००:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC