site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भाजपा–कांग्रेसको लडाईँ कौरव–पाण्डवजस्तो : राहुल गान्धी
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजनीतिलाई महाभारतको संज्ञा दिएका छन् । कांग्रेसको ८४ औं महाधिवेशनमा आइतबार पार्टी अध्यक्ष राहुल गान्धीले राजनीतिलाई महाभारतको संज्ञा दिएका हुन् । 

उनले भने, “हजारौं वर्षअघि कुरुक्षेत्रको लडाईँ भएको थियो । कौरव शक्तिशाली र अंहकारी थिए । पाण्डव नम्र थिए र सत्यका लागि लडेका थिए । कौरव जसरी भाजपा र आरएसएसको काम सत्ताका लागि लड्नु हो, पाण्डवको जसरी कांग्रेस सत्यका लागि लडिरहेको छ ।’’

अंग्रेजी र हिन्दीमा दिइएको भाषणमा राहुलले तमिलनाडुबाट पूर्वोत्तर भारतसम्मका युवादेखि किसानले आफुलाई सुनिरहेको स्पष्ट पारे । 

Prabhu Bank
Agni Group
NIC Asia

राहुलको भाषणका केही महत्वपूर्ण अंशहरु

१) गुजरातको चुनाव सम्पन्न भयो, त्यहाँ कयौंले भने म मन्दिर जान्छु । म वर्षौंदेखि राजनीतिक भ्रमणका दौरान मन्दिर, गुरुद्वारा र चर्चमा जाँदै आएको छु । मानिसहरु बोलाउँछन्, म जान्छु, यसबाट मलाई सिक्ने अवसर प्राप्त हुन्छ । तपाई भगवान खोज्नु हुन्छ भने भगवान हरेक क्षेत्रमा पाइन्छन्, पूजा त बाटो मात्रै हो ।  हाम्रा भगवान सबै स्थानमा छन् । भाजपाको धर्म मात्र सत्ता खोस्नुमा छ । 

Global Ime bank

२) प्रधानमन्त्री जनताको ध्यान बाँड्न एक पछि अर्को कार्यक्रम गरिरहेका छन् ।  जब प्रधानमन्त्रीले बोल्नुपर्ने आवश्यकता हुन्छ त्यो बेला उनी चुप बसिदिन्छन् । तर हामी नागरिकका लागि काम गर्दछौं । हामीलाई सत्य कुरो बोल्न कसैले रोक्न सक्दैन । 

३) भाजपा भन्छ अर्थव्यवस्था तीव्र रुपले बढीरहेको छ । तर देशमा युवासँग सोध्नुस्, उनीहरु बेरोजगार छन् । पूरा देशमा कांग्रेस फÞूड पार्कको नेटवर्क बनाउने छ । जस्तो कांग्रेसले पहिले किसानहरुलाई ऋण माफ गरेको थियो, हामी साना र मझौला किसानहरुलाई एक पटक फेरी त्यही किसिमको सहयोग गर्नेछौं । 

४) महात्मा गान्धी १५ वर्ष जेलमा रहे र देशका लागि मरेर गए । देश कहिल्यै भुल्ने छैन । भाजपा एक संगठनको आवाज हो, कांग्रेस देशको आवाज ।

५) के भारत एक झूठ जिउछ अथवा सत्यको सामना गर्ने साहस जुटाउँछ ? आज भ्रष्ट र शक्तिशाली मानिस यो देशलाई चलाईरहेका छन् । 

६) यसअघि कांग्रेस नेतृत्वको सरकार भएपछि म त्यसबाट सन्तुष्ट छैन् । तत्कालिन कांग्रेस नेतृत्वको सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न सकेन, हामीले यस देशका जनतालाई निराश बनायौं ।

७) चार वर्षअघि जनताले मोदीमाथि भरोसा गरे । अब यो भरोसा टुटिसकेको छ । देशका युवा रोजगारको समस्या कसरी समाधान गरिन्छ भनेर सरकारलाई प्रश्न गरिरहेका छन् । 
https://www.bbc.com/hindi/india-43448703

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC