site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दीपिका मेरो जिन्दगीमा हुनु म भाग्यमानी : रणवीर सिंह
Ghorahi CementGhorahi Cement

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले अभिनेत्री दीपिका पादुकोणलाई एक कलाकारका रुपमा मन पराउने गरेको बताएका छन् । उनले दीपिकालाई जीवनमा पाउनु आफ्नो अहोभाग्य भएको पनि बताएका छन् ।

एक अन्तर्वार्तामा रणवीरले दीपिकासँगको सम्बन्ध र विवाहका बारेमा सोधिएको प्रश्नलाई आलटाल गर्दै भने, “यो आपसी समझदारीको साइनो हो । म उनलाई एक कलाकारको रुपमा उच्च दर्जामा राख्छु । तर उनी त्यसो गर्दिनन् ।’’

Agni Group

उनले दीपिकालाई अद्भुत भएको भन्दै कलाकारका रुपमा उनीबाट आफुले धेरै कुरा सिक्ने अवसर पाएको पनि बताए । दीपिकाले आफुलाई मान्छे बन्नमा सघाएको र दीपिकालाई जिन्दगीमा पाएर आफुलाई भाग्यशाली सम्झिने गरेको उनको भनाई थियो । 

दीपिका–रणवीर अभिनित फिल्म ‘पद्मावत’ विवादका बीच पनि ३ सय करोड रुपैयाँको आंकडा पार गर्न सफल भएको थियो । संजय लीला भंसालीद्वारा निर्देशित फिल्ममा रणवीरले अलाउद्दीन खिलजीको भूमिका निभाएका थिए । जसमा अभिनेत्री दीपिका पादुकोण र शाहिद कपूर पनि प्रमुख भूमिकामा थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC