site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१२ दिनपछि श्रीलंकामा संकटकाल फुकुवा
Ghorahi CementGhorahi Cement

बीबीसी । मुसलमान र बौद्धधर्मीबीचको हिंसापछि गत ६ मार्चदेखि लागू गरिएको संकटकाल श्रीलंकाको सरकारले आज फुकुवा गरिदिएको छ । यस क्रममा दुईजनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी मुसल्मानका घर र व्यवसायमा क्षति पुगेको छ । यसका साथै कांडीबाट सुरु भएको यस हिंसामा ६० वटा भन्दा बढी सवारी साधन पनि जलाइएको बताइएको छ ।

धार्मिक हिंसाले खतरनाक रुप लिन सक्ने भएपछि सरकारले कफर््यु जारी गर्नुका साथै सामाजिक संजालमा समेत प्रतिबन्ध लगाएको थियो । बौद्ध धर्मीको बाहुल्य भएको श्रीलंकामा २०१२ यता विभिन्न रुढीवादी बौद्ध समूहका कारण समस्या उत्पन्न भइरहेको  बताइन्छ । मुसल्मानहरुले मानिसलाई जबरजस्ती धर्म परिवर्तन गराउने प्रयास गरिरहेको र गुम्बा तथा बौद्धिक मठमा क्षति पु¥याएको सो समूहको आरोप रहेको छ ।

Agni Group

यसैबीच दुई धर्ममा सुरु भएको विवादपछि पछिल्ला १२ दिनमा पुलिसले ३०० भन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ जसमध्ये रुढीवादी बौद्धधर्मी संस्थाका प्रमुख पनि रहेको बताइएको छ । तिनीहरु नै विवाद सुरु गर्ने मुख्य दोषी रहेको बताइएको छ । यसरी सरकारले संकटकालका समयमा थुप्रै अपराधीलाई लामो समयसम्म नियन्त्रणमा लिने मौका पाएको बताएको छ ।

यस क्रममा सयौँ सेनाहरु कांडी क्षेत्रमा तैनाथ गरिएका थिए भने कफर््यु उल्लंघन गर्ने प्रदर्शनकारीमाथि अश्रु ग्यासको समेत प्रयोग भएको थियो । राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले आइतबार सर्वसाधारणको सुरक्षालाई हेरेर १२ दिनदेखिको संकटकाल फुकुवा गरिएको जानकारी दिएका हुन् । सात वर्षमा पहिलोपटक श्रीलंकाले संकटकाल लागू गरेको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०६:०५
SamabednaSamabedna
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC