site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गुटगत विवाद अन्त्य गर्न नेविसंघका नेताहरुको जोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले “कांग्रेस सुदृढीकरण र शुद्धिकरणमा युवाहरुको भुमिका“ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

तरुण दलले पार्टीकै भ्रातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरुलाई आमन्त्रण गरेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सहभागि नेविसंघका केन्द्रीय सदस्यहरुले आगामी ५ वर्षभित्रमा पार्टीलाई मजबुद बनाउन युवा लक्षित कार्यक्रम ल्याएर जनता सामु जानुपर्नेमा जोड दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा सर्वश्व नै समाप्त नभएको दावी गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले माउ पार्टी र भ्रातृ संगठनहरुमा एक व्यक्ति, एक पदको अवधारणा पनि ल्याउनु पर्ने सुझावसमेत दिएका छन् । 

नेविसंघ केन्द्रीय सदस्य पुनम भट्ट भट्टराईले पार्टी मजबुद बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै गुटगत विभेदको अन्त्य हुनुपर्नेमा जोड दिइन् । उनले पार्टीभित्रका असन्तुष्टिहरु सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा छताछुल्ल पार्नुभन्दा पनि पार्टीको अन्तरिक कार्यक्रमहरुमा पोख्न पनि सुझाव दिइन् । 

Global Ime bank

त्यस्तै सिन्धुपाल्चोकका प्रविणजंग कार्कीले पार्टीलाई सुदृढिकरणका लागि प्रत्येक कांग्रेस नेता–कार्यकर्तामा सुदृढिकरणको इच्छाशक्ति आवश्यकता रहेको बताए ।

पार्टीलाई मजबुद बनाउन पार्टीमा देखिएको गुट–उपगुट भत्किन जरुरी रहेको उनको भनाई थियो । 

अर्का केन्द्रीय सदस्य सुनिता पोखरेलले पार्टीभित्र एकले अर्काेलाई गाली गर्नमा व्यस्त नरहेर समय समयमा पार्टीको हित अनुरुपका छलफल चलाउनु पर्ने बताइन् । उनले विरक्त भएर नभई आशावादी भएर अघि बढ्न युवापंक्तिलाई सुझाव दिइन् । 

अन्तरक्रियामा केन्द्रीय सदस्यहरु कल्पना खड्का, विमला भट्ट, प्रेमबहादुर शाही, शैलेन्द्र गौडेल, सुनिता पोखरेल, पम्फा कान्धारी, आरसी भट्टराई, पवन नेपाली नेपाल ल क्याम्पसकी सभापति रञ्जिता कार्की, तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाहअनुज चापागाँई, केशव खड्का, ईञ्जिनियर सुदर्शन शर्मा लगायतले पार्टीलाई मजबुद बनाउन एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेकामा जोड दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC