site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाको आरोप–सरकारले न्यायालयमाथि हस्तक्षेप गर्‍यो 
Sarbottam CementSarbottam Cement

चितवन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

निजामति कर्मचारी युनियन संघको सातौं महाधिवेशन उद्घाटन गर्दै उनले केपी ओली नेतृत्वको सरकारले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गर्न बाध्य बनाएर न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाए ।

सभापति देउवाले ओली सरकारले दुई तिहाई बहुमतको दम्भ देखाएर न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै त्यो कांग्रेसलाई सह्य नभएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस स्वतन्त्र न्यायालय र स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा रहेको भन्दै उनले सरकारले यी दुई अंगमा हस्तक्षेपकारी भूमिका खेले कांग्रेसले त्यसविरुद्ध डटेर सामना गर्ने चेतावनी दिए ।

वर्तमान सरकारले कर्मचारी सरुवा, बढुवामा हस्तक्षेप गर्ने सम्भावना बढेको भन्दै सभापति देउवाले त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने जिकिर गरे ।

Global Ime bank

उनले भने, “दुईतिहाइको दम्भ देखाएर सरकारले हस्तक्षेपकारी नीति अबलम्बन गरे कांग्रेसले त्यसको डटेर सामना गर्छ ।” उनले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र संघीयतालाई संस्थागत गर्ने काममा दत्तचित्त भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

आफू नेतृत्वको सरकारले संविधान निर्माण, त्यसको कार्यान्वयन र तीनै तहको निर्वाचन गराउन सफल भएको भन्दै देउवाले निर्वाचनको परिणामलाई दिएर निरास नहुन कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, “संविधान कार्यान्वयन गर्नु महत्वपूर्ण जिम्मेवारी थियो’ उनले भने, ‘मैले निर्वाचन गराएर संविधान पूर्णरुपमा कार्यान्वयन गराएको छु ।”

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीनै तहको निर्वाचनमा पराजित भएर घाइते भएको कांग्रेसलाई उपचारको आवश्यकता रहेको औंल्याए ।
उनले भने, “कांग्रेसलाई उपचारको आवश्यकता परेको छ । त्यो संगठन विस्तार गर्दै जनताको बीचमा पुगेरमात्र गर्न सकिन्छ ।”

नेता पौडेलले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन स्पष्ट एजेण्डासहित जनताको बीचमा पुग्नुुपर्ने बताए ।कांग्रेसलाई जनताप्रतिको समर्पण आवश्यक रहेको बताउँदै नेता पौडेलले थपे, “अब कांग्रेसले जनताको मन जित्न सक्नुपर्छ । त्यसका लागि स्पष्ट योजना र भिजनका साथ कांग्रेस जनताको बीचमा जान आवश्यक छ ।”

नेता पौडेलले ओली नेतृत्वको सरकारले न्यायालय र संविधानलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाउँदै भने, “सरकारले अदालतलाई तर्साउने र न्यायालयलाई नियन्त्रणमा लिने प्रयास गरेको छ । कम्युनिस्ट नेतृत्वको सरकारबाट विकास, योजना, सरुवा, बढुवामा पक्षपात हुन सक्नेतर्फ सचेत हुनुपर्छ ।”

यस्तै, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले नेपाली कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निभाउने बताए । महामन्त्री कोइरालाले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सरकारले गलत बाटोबाट पदमुक्त गराउन बाध्य बनाएको आरोप लगाए ।

पूर्वमहामन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले निर्वाचनमा प्राप्त परिणामलाई पाठको रुपमा लिएर कांग्रेस रुपान्तरण हुन जरुरी रहेको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको गुट मिलाउन मन्त्रालय थप गरेको बताए ।

उनले प्रधानमन्त्रीले अनावश्यक रुपमा मन्त्रालय थप गरेको आरोप लगाए ।

उनले दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले पार्टीभित्रको गुट मिलाउन मन्त्रालय थप गर्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले निर्वाचनको परिणामलाई लिएर निराश नहुन कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विमलेन्द्र निधि, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद, नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले सम्बोधन गरेका थिए ।

संघका अध्यक्ष सुवोधकुमार देवकोटाको अध्यक्षतामा सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्नेछ । महाधिवेशनमा ५७० जना प्रतिनिधि र २०० जना पर्यवेक्षकको सहभागिता छ ।

महाधिवेशन संघीय संरचनाअनुसार ८५ सदस्यीय केन्द्रीय कार्यसमिति तथा सात प्रदेश समिति चयन गर्दै सम्पन्न हुने अध्यक्ष देवकोटाले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC