site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डी मारिया र ड्यानियलको गोलमा पीएसजीलाई सफलता
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रेन्च लिग फुटबल लिग वनमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले नाइसलाई २ – १ ले हराएको हो ।

पीएसजीले नाइसविरुद्ध सुरुवाती अग्रता उल्ट्याएर जित निकालेको हो । नाइसलाई उसैको मैदानमा हराउन पीएसजीका लागि एन्जल डी मारिया र ड्यानियल अल्भेसले समान एक एक गोल गरे । नाइसका एलेन सेन्ट म्याक्सिमिनले एक गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

एलिनाज रिभेराजमा भएको खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको १७ औं मिनेटमा एलेन म्याक्सिमिनले गोल गर्दै नाइसलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको २१ औं मिनेटमा पिएसजीका डी मारियाले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८२ औं मिनेटमा अल्भेले गोल गर्दै पिएसजीलाई २ – १ को महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै पिएसजीले लिगमा १७ अंकको अग्रता बनाएको छ । पिएसजीले ३१ खेलबाट ८३ अंक जोडेको छ । लिगको दोस्रो स्थानको मोनाकोले ३० खेलबाट ६६ अंक जोडेको छ । पराजित नाइस ४२ अंक जोडेर लिगको आठौं स्थानमा छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC