site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बंगलादेशलाई ४ विकेटले पराजित गर्दै भारतले जित्यो निदास ट्रफी
Sarbottam CementSarbottam Cement

एजेन्सी । भारतले ट्राइ सिरिज टि – ट्वान्टी क्रिकेट अन्तर्गतको निदास ट्रफीको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बंगलादेशलाई ४ विकेट पराजित गर्दै भारतले उपाधि जितेको हो ।

कोलम्बोस्थित प्रेमादासा क्रिकेट मैदानमा बंगलादेशले दिएको १६७ रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा दिनेश कार्तिकले विजयी पारी खेले । जितका लागि १२ बलमा ३४ रन आवश्यक रहेको बेला कार्तिकले ८ बलमा अविजित २९ रन जोड्दै भारतलाई जित दिलाए । अन्तिम बलमा छक्का प्रहार गर्दै भारतलाई जित दिलाएका कार्तिकले ३ छक्का र २ चौका प्रहार गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै भारतको लागि कप्तान रोहित शर्माले ५६ रनको अर्धशतकीय पारी खेल्दा मनिस पाण्डेले २८ रन जोडे । त्यस्तै लोकेश राहुलले २४, विजय शंकरले १७ तथा शिखर धवनले १० रन जोडे । बंगलादेशका रुबेल हुसेनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६६ रन बनाएको थियो । बंगलादेशको लागि सब्बीर रहमानले ७७ रनको योगदान दिए । त्यस्तै महमद उल्लाहले २१, हसन मिराजले अविजित १९ तथा तमिम इक्वालले १५ रन जोडे । भारतका लागि युजभेन्द्र चाहलले ३ तथा जयदेव उनाड्कटले २ विकेट लिए ।

Global Ime bank

आयोजक तथा घरेलु टोली श्रीलंकासम्मलित निदास ट्रफीमा भारतले समूह चरणको चार खेलमध्ये तीन खेल जित्दै शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाएको थियो ।

यस्तै बंगलादेशले चार खेलमध्ये २ खेल जित्दै दोस्रो स्थानमा रहदै फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो । चार खेलमा एक खेलमा जित निकालेको श्रीलंका भने समूह चरणबाट बाहिरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC