site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
उत्तर कोरिया र अमेरिकाबीचको वार्ता फिनल्याण्डमा हुने !
Sarbottam CementSarbottam Cement

एजेन्सी । उत्तर कोरियाका वरिष्ठ अधिकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तालाई अघि बढाउन आइतबार फिनल्यान्ड भ्रमणमा गएको रोयटर्सले जनाएको छ । फिनल्यान्डमा उनले अमेरिकी कूटनीतिज्ञ र दक्षिण कोरियाका सुरक्षाविद्सँग अनौपचारिक भेटवार्ता गर्ने बताइएको छ । 

दक्षिण कोरियाको योनह्याप सञ्चार एजेन्सीले बताएअनुसार आइतबार फिनल्यान्ड जानुअघि छोए काङ इल बेइजिङको विमानस्थलमा देखा परेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण कोरियाको विदेश मन्त्रालयले किमसँग भेट गर्नुअघिको तयारी अन्तर्गत अमेरिकी, उत्तर कोरियाली र दक्षिणका अधिकारीबीच विभिन्न विषयमा छलफल हुने जानकारी दिएको छ । गत महिना दक्षिण कोरियाको ओलम्पिक भ्रमणमा पनि छोए उपस्थित थिए ।

शनिबार स्वीडेनकी विदेश मन्त्री मार्गट वाल्स्ट्रमले स्टकहोल्ममा उत्तर कोरियाली अधिकारीसँग भएको तीनदिने बैठकमा शान्ति स्थापनाका लागि उत्तर कोरियाको कूटनीतिक प्रयासमा देखा परिरहेका चुनौति र अवसरबारे छलफल गरिएको बताएकी हुन् ।

Global Ime bank

उक्त बैठकमा कोरियाली प्रायद्विपको सुरक्षा व्यवस्थाको विषयमा समेत कुरा भएको उनले बताइन् । उत्तर कोरियाली विदेश मन्त्रीको स्वीडेन भ्रमणसँगै किम र ट्रम्पबीचको बैठक स्वीडेनमा हुन सक्ने सम्भावना धेरै रहेको बताइएको छ ।

अर्कोतर्फ ट्रम्पले किमसँग भेटवार्ताका लागि सहमति जनाएपनि उत्तर कोरियाले भने आफ्ना माग र अपेक्षाबारे अझै स्पष्ट प्रतिक्रिया दिन बाँकी नै रहेको ह्वाइटहाउसको भनाइ छ ।

यसअघि प्योङयोङ भ्रमणमा गएका दक्षिण कोरियाली अधिकारीले ट्रम्पलाई किमको सन्देश दिँदै उनी आणविक हतियार कार्यक्रम रोक्न तयार रहेको खबर गरेका थिए, जसपछि ट्रम्पले भेटवार्ताको प्रस्ताव स्वीकार गरि सबैलाई आश्चर्यमा पारेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC