site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

सरकारी कर्मचारीको नियति अचम्मको हुन्छ । राजनीतिक नेतृत्वमा जो आए पनि तिनले सो व्यक्तिको कुरो मान्नुपर्ने हुन्छ । तिनले दिएको निर्देशन ध्यानपूर्वक सुन्नुपर्ने हुन्छ र पालना पनि गरेझैं गर्नुपर्छ । तर, अन्ततोगत्वा सरकारी कर्मचारीले त्यही गर्छ, जो उसले सधैं गरिआएको थियो । अर्थात्, जुन प्रकारको सरकारी कर्मचारी हो, उसले त्यही प्रकारको काम गरिरहेको हुन्छ । कुनै कर्मचारी भ्रष्ट, घुस्याहा र पदका लागि लुब्ध छ भने त्यस्तो व्यक्ति कुनैपनि अवस्थामा नेतृत्वको नजिक पुग्छ र पैसा कमाउने दाउमा लागिहाल्छ । उच्चपदस्थ कर्मचारी र राजनीतिक नेताले पनि पुरानो सेटिङ भत्काएर नयाँ सेटिङ बनाउने मात्र हुन्, जनताका लागि सहज हुने कुनै नयाँ काम गर्ने होइनन् । अहिलेसम्मको उदाहरणले त्यही कुरा बारम्बार प्रमाणित गर्दै आएको छ । अहिले बाम गठबन्धनको सरकार आउँदैमा सम्पूर्ण रुपमा सकारात्मक परिवर्तन हुन्छ भनेर विश्वास लिनसक्ने अवस्था छैन । वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओली र धेरै मन्त्री पहिलोपल्ट सो पदमा पुगेका होइनन् । पहिले पनि सरकारी कर्मचारीले यिनको निकटताको फाइदा उठाएकै हुन्, फेरि पनि उठाउने कुरामा कर्मचारी विश्वस्त नै होलान् । तर, तात्विक अन्तर पार्ने हो भने ओली सरकारले त्यहीअनुरुप कामकारबाही अघि पनि बढाउनुपर्छ ।

हिजो सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख र सरकारका मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार सामान्य होइन, असामान्य जिम्मेवारी बोकेर आएको र अब समयको एक–एक पल, स्रोतको एक–एक थोपा र शक्तिको एक–एक बुँद लगाएर देश बनाउन लाग्नुपर्ने बताएका छन् । तर, सरकारी कर्मचारीले यस्ता निर्देशन हरेकपल्ट सुन्दै आएका छन् । यस्तो निर्देशनले हैन, सरकारले गर्ने कामकारबाही र नियुक्ति तथा सरुवा–बढुवाले बल्ल सरकारको नियत छर्लङ्ग पार्छ । प्रधानमन्त्री ओलीले कर्मचारीलाई मन्त्री तथा अन्य नेताको घर धाउन बन्द गर्नका लागि पनि आह्वान गरेका छन् । तर, के नेकपा एमालेका कार्यकर्ता र पार्टी निकट बिचौलिया कर्मचारीको सरुवा, बढुवामा खेलकुद नगरी मौन बस्लान् ? यदि एमाले निकट ‘पावर ब्रोकर’ वा ‘किङ मेकर’हरूलाई सशक्त ढंगले प्रम ओलीले निर्देशन दिनसक्ने हो भने कर्मचारीलाई थर्काएको बोलीको कुनै ओज रहला, अन्यथा देश यस्तै हो भन्दै सबैजना यथावत् लाग्नेछन् । 

Agni Group

नेपालको निजामती कर्मचारीमा अधिकांश एमाले समर्थक छन् । वाम गठबन्धनसमेत जोड्दा यो संख्या दुई तिहाईसम्म पनि हुनसक्छ । नेपालको कर्मचारीतन्त्र जति प्रतिशत भ्रष्ट छ, त्यसको दुई तिहाई बाम गठबन्धनका समर्थक छन् भनेर सरल अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा ओलीको एक बोलीको भरमा वाम समर्थक कर्मचारीले भ्रष्टाचार नगर्ने र नैतिक आचार सुधार्ने हो भने ओलीको बोलीको गरिमा रहला । तर, कर्मचारीतन्त्रमा भ्रष्टाचार संस्थागत भैसकेको अवस्था छ । राजनीतिक नेतृत्वको समर्थनमा सेटिङ मिलाउने माफियाले सबै कर्मचारीको सरुवा, बढुवा र पदस्थापनमा महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले सरकारको सक्षमता, इमान्दारी तथा सफलता एमाले समर्थक कर्मचारीको हातमा छ भन्दा अत्युक्ति नहोला ।

कर्मचारीतन्त्रमा इमान्दार, क्षमतावान र देशको हितको सन्दर्भमा कुनैपनि प्रकारले सम्झौता नगर्ने कर्मचारी पनि प्रशस्त छन् । यस्ता नैतिकवान कर्मचारी कुनै राजनीतिक दलको निकट नहोलान् । यिनले पैसा कमाउन नसकेका कारणले यिनलाई अक्षम, आँट नभएको र समय अनुरुप चल्न नसक्ने भनेर धेरैले आलोचना पनि गर्दा हुन् । तर, प्रधानमन्त्री ओलीले चाहेको जस्तो परिवर्तन यिनै कर्मचारीले मात्र ल्याउन सक्छन् । इमान्दार र कर्तव्यनिष्ठ कर्मचारी कुनै राजनीतिक धारणालाई समर्थन गर्छ भने पनि उसले देशको अहित हुने काम गर्दैन र आफ्नो पेशागत मर्यादामा सम्झौता गर्दैन । प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धिकरण, राजश्व अनुसन्धानदेखि गैरसरकारी संस्थाको अनुगमनसम्म कस्ता व्यक्तिलाई जिम्मेवारी दिन्छन्, त्यसले मात्र भोलिको सरकारले कसरी काम गर्छ भनेर अनुमान लगाउन सकिन्छ । त्यसैले ओलीको बोलीले मात्र देशको भोलि उज्यालो हुँदैन, उनको सकारात्मक काम र उनले कानुनी राज्यको अवधारणालाई सशक्त रुपमा कार्यान्वयन गर्न सकेको अवस्थामा मात्र सरकार सफल हुनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC