site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नक्कली सशस्त्र प्रहरी बनेर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठग्ने युवती पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आफू सशस्त्र प्रहरी भएको र जागिर लगाइदिन्छु भन्दै रकम असुल गर्ने एक युवती पक्राउ परेकी छिन् । सशस्त्र प्रहरीको बर्दीमा फोटो खिचेर आफूलाई प्रहरी भएको बताउने मञ्जु बुढाथोकीलाई काठमाडौं तारकेश्वरबाट पक्राउ गरिएको हो । सिन्धुपाल्चोक स्थायी घर भएकी मञ्जुले आफ्नो नाम कोपिला बोहरासमेत बताउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए । 

उनले आफूलाई सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुँ र सशस्त्र प्रहरी बलको विभिन्न पदमा जागीर लगाइदिन्छु भन्दै पाँच जनाबाट रकम लिएकी थिइन् । प्रहरीका अनुसार पीडितहरु आउने क्रम जारी छ । उनले दैलेखकी राधा शाहीसँग १ लाख ४५ हजार, सिन्धुपाल्चोककी रेणुका भण्डारीसँग ५० हजार, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार र मिना सुनारसँग १९ हजार रुपैयाँ लिएको देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC