देश
काठमाडौं । सरकारी सवारीसाधनको दुरुपयोग बढेको गुनासो बढेपछि गृह मन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक बिदाका दिनमा कार्यालयको कामबाहेक अन्य प्रयोजनमा समेत सरकारी गाडी प्रयोग गरी भएको भन्दै गृहले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएको हो ।
बिदाको दिनमा पनि सरकारी कामकाजका निम्ति सवारीसाधन आवश्यकता परे प्रक्रिया पूरा गरी अनुमति लिएरमात्र प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ । अन्यथा त्यस्ता कर्मचारीलाई कारबाही प्रक्रियामा ल्याइने समेत मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४ १७:३०
प्रतिक्रिया दिनुहोस्