site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ, रासस । टुरिष्ट बस एशोसियशन अफ नेपाल ९टिवान०ले ठमेल आसपासको क्षेत्रमा पर्यटक बसपार्क निर्माण गर्न माग गरेको छ । 

गृहमन्त्रालयको आइतबारको बैठकले कान्तिपथबाट पर्यटकीय बसपार्क अन्यन्त्र सार्ने निर्णय गरेसँगै आज टिवानले एक विज्ञप्ति जारी गरी ठमेल आसपासमा बसपार्क निर्माण गर्न माग गरेको हो । 

टिवानका महासचिव कृष्ण आचार्यले कान्तिपथबाट दैनिक हजारौँ पर्यटकलाई आवतजावत गराउने पर्यटकीय बसलाई ठमेल वरपरको क्षेत्रमा बसपार्क निर्माण गर्नुपर्ने बताए । “सरकारले १५ लाख पर्यटक भित्र्याउने निर्णयअनुसार काम गरिरहेको बेला गृहमन्त्रालयको यो निर्णयले हामीलाई गम्भीर ध्यानाकर्षण गरेको छ,”– महासचिव आचार्यले भने । 
पर्यटक बसपार्कलाई ठमेल क्षेत्र आसपासबाट टाढा लगेमा नेपालको पर्यटन क्षेत्रको विकास हुन नसक्ने टिवानको भनाइ छ । झण्डै १०० को संख्यामा रहेको पर्यटकीय बस बिहान ७ बजे कान्तिपथबाट पोखरा, सौराहा र लुम्बिनीमा सञ्चालन हुँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC