site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीको अपराजित यात्रा कायम
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन आर्मी क्लबले क्विक्स बास्केटबल लिगमा अपराजित यात्रा जारी राखेको छ । सोमबार भएको खेलमा जेभियर्स इन्टरनेसनल कलेजलाई पराजित गर्दै आर्मीले लिगमा अपराजित यात्रा कायम राखेको हो ।

जेभियर्सको घरेलु कोर्टमा भएको खेलमा आर्मीले घरेलु टोलीलाई ९३  – ७३ अंकले हराएको हो । आर्मीको जितमा सदिश प्रधानले २६ स्कोर गरे ।  जितसँगै आर्मीले ११ खेलबाट ३३ अंक जोडेको छ । लिगमा अपराजित रहने आर्मी एक्लो टोली हो । लिगमा जेभियर्सको यो दशौं हार हो । जेभियर्सले १२ खेलबाट ६ अंक जोडेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिता अन्तर्गत नै सोमबार भएको खेलमा किर्तिपुर बास्केटबल क्लबले जित निकालेको छ । किर्तिपुरले विशाल मिलन केन्द्रलाई ६० –  ५१ अंकले पराजित गरेको हो ।

किर्तिपुरको जितमा अविशेक सिंहले ११ अंक जोडे । जितसँगै किर्तिपुरले १० खेलबाट १५ अंक जोडेको छ । पराजित विशाल मिलन केन्द्रले ११ खेलबाट २४ अंक जोडेको छ ।

Global Ime bank

प्ले फर डीप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको बिजेताले २ लाख प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC