अर्थ व्यवसाय
काठमाडौं । मुख्यमन्त्री शेरधन राईले एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवनको औपचारिक उद्घाटन गरेका छन् ।
प्रदेश नं १ का गृह तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङबो, बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुकोृ उपस्थिति थियो ।
एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४ १८:२२
प्रतिक्रिया दिनुहोस्