राजनीति
काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कुनै पनि जाहेरी दर्ता नभएको स्पष्ट पारेको छ । यसअघि उनलाई हदैसम्मको कारवाहीका लागि भन्दै निवेदन बुझाइएको समाचार सार्वजनिक भएका थिए ।
तर प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले पराजुलीविरुद्ध कुनै पनि जाहेरी दरखास्त दर्ता नभएको जानकारी गराएका छन् । स्रोतका अनुसार निवेदन पुगे पनि दर्ता भने सोमबार गरिएन ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४ १८:४५
प्रतिक्रिया दिनुहोस्