site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली क्रिकेट टोलीको भव्य स्वागत
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकदिवसीय मान्यता प्राप्त नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट क्रिकेटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको हो ।

कुल १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहन सफल भएको थियो । नेपालले आईसीसीबाट अस्थायी रुपमा एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गर्दै ऐतिहासिक सफलता पाएको थियो । नेपालले आईसीसीबाट सन् २०२२ सम्मको लागि एकदिवसीय मान्यता पाएको हो । यो नेपाली क्रिकेटको २२ वर्षे क्रिकेट यात्रामा सबैभन्दा ठूलो सफलता हो । एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि नेपालले पहिलोपटक एकदिवसीय मान्यता पाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै नेपालले प्रतियोगितामा आईसीसीबाट सी ग्रेड प्राप्त गरेको थियो । छनोटको सुपर सिक्स पुग्न असफल नेपालले समूह चरणमा ३ खेलमा हार बेहोरेको थियो भने एक खेलमा जित हात पारेको थियो ।

पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा हङकङमाथि ५ विकेटको जित दर्ता गराएको थियो ।

Global Ime bank

यस्तै नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एक दिवसीय मान्यता पाएको थियो । तर, नेपाल  सातौँ स्थानको लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भएको थियो ।

एकदिवसीय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाएको छ । नेपालले आईसीसीबाट पाउदै गरेको आर्थिक तथा अन्य सुविधामा उच्च वृद्धि हुनेछ । त्यस्तै नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता उच्च श्रेणीको क्रिकेट खेल्ने मौका पाउनेछ । खेलाडीको स्वागतका लागि नेपाल खेलकुद परिषदका सदस्यसचिव लगायतका पदाधिकारी विमानस्थल पुगेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC