site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपति चुनावमा पुटिनको जित, आगामी ६ वर्ष रुसको राष्ट्रपति
Ghorahi CementGhorahi Cement

एजेन्सी । रुसको सत्तालाई एकपटक फेरि आफ्नो हातमा लिँदै पुटिनले आगामी ६ वर्षसम्म राष्ट्रपतिको पद सम्हाल्ने भएका छन् । निकै ठूलो अन्तरका साथ पुटिन जिततर्फ अघि बढिरहेको बताइएको छ । 

अधिकांश मतको गन्ति भइसक्दा केन्द्रिय चुनाव आयोगले पुटिनले अहिलेसम्म ७६ प्रतिशत मत प्राप्त गरिसकेको जानकारी दिएको छ । यस चुनावमा प्रमुख विपक्षी नेता मानिएका अलेक्सइ नवालनीलाई भने पहिले नै चुनाव लड्नमा प्रतिबन्ध लगाइएको थियो । यसरी सुरुवाती नतिजाको घोषणापछि नै राजधानी मस्काउमा एक ¥यालीलाई सम्बोधन गर्दै पुटिनले पछिल्ला वर्षहरुमा मतदाताहरुले आफ्नो कार्यलाई हेरेर लगातार समर्थन र विश्वास व्यक्त गरिरहेको बताएका हुन् । 

Agni Group

यसैबीच संचारकर्मीहरुले उनलाई यसपछिको अर्को ६ वर्षका लागि पनि राष्ट्रपतिको चुनाव लड्न इच्छुक हुनुन्छ, भन्ने प्रश्नमा भने पुटिनले हाँस्दै जवाफ दिए, ‘म १०० वर्षको हुँदासम्म सायदै यहाँ हुन्छु । त्यसैले त्यो सम्भव छैन ।’ पुटिनको जितलाई लिएर यसपटकको चुनावमा मनिसहरुलाई कुनै शंका थिएन । तरपनि २०१२ को चुनावमा भने उनले ६४ प्रतिशतले विजयी हुन सफल भएको हुँदा यसपटक अझ बढी अन्तरले जित हात पार्ने देखिएको छ । 

रुसको केन्द्रिय चुनाव आयोगले बताए अनुसार पुटिनका नजिकी प्रतिद्वन्द्वी पावेल गुरुदिनीन १२ प्रतिशत मत प्राप्त गर्न सफल भएका छन् । पावेल एक करोडपति कम्युनिस्ट हुन् । त्यसैरी राष्ट्रपति चुनावको दौडमा एक पूर्व टेलिभिजन होस्ट केसेनिया सोबचक पनि सहभागी थिइन् र उनले भने केबल २ प्रतिशत मत मात्र आफ्नो नाममा पार्न सफल भएको बताइएको छ । पुटिनका समर्थकहरुले भने यस जितलाई अतुलनीय बताउँदै चारैतिर खुसीको माहोल छाएको भाव व्यक्त गरिरहेका छन् । उता उनका आलोचक तथा विपक्षी नेता अलेक्सइले भने आफूलाई जानीजानी चुनावमा सहभागी हुन नदिएको आरोप लगाएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  ०३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC