site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
चारा घोटाला चौथो मामिलामा पनि लालु यादव दोषी, जग्गनाथ मिश्रासहित १२ लाई सफाई
Sarbottam CementSarbottam Cement

एजेन्सी । चारा घोटालाको चौथो मुद्दामा केन्द्रीय जाँच ब्यूरो (सीबीआई) को विशेष अदालतले बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई दोषी ठहर गरेको छ । सोही मामिलामा बिहारकै अर्का पूर्व मुख्यमन्त्री जग्गनाथ मिश्रालाई भने निर्दोष ठहर गरेको छ । 

चारा घोटाला मुद्दामा ३१ जनाविरुद्ध आरोप तय गर्दै मुद्दा दायर भएको थियो । अदालतले जस मध्ये १९ जनालाई दोषी १२ जनालाई निर्दोष ठहर गरेको छ । दोषीलाई सजाय तोक्न मार्च २१, २२ र २३ मा अदालतमा बहस हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

चारा घोटाला मुद्दामा दोषी ठहर गरिएका बिहारका मुख्यमन्त्री यादव झारखण्डको जेलमा सजाय काटीरहेका छन् । उनी विरुद्ध चारा घोटाला ६ मुद्दा दायर छन् । अहिलेसम्म चार मुद्दामा उनी दोषी ठहर भइसकेका छन् भने दुई मुद्दाहरु अझै पनि अदालतमा बिचाराधिन छन् । 

राजनीतिक प्रतिक्रिया ?
 

Global Ime bank

लालु यादवलाई दोषी ठहर गरेसँगै आरजेडीका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहले अदालतको फैसलामाथि सवाल उठाएका छन् । जग्गनाथ मिश्रालाई निर्दोष र लालु यादवलाई मात्रै दोषी ठहर गरिएको भन्दै उनले आपत्ति जनाएका छन् । 

उता जेडीयू नेता नीरज कुमारले कटाक्ष गर्दै फैसलालाई सही रहेको बताएका छन् । लालुप्रसाद यादव यस अघि नै तीन मामिला दोषी ठहर भइसकेकाले अदालतले चौथो मामिलामा दोषी ठहर गर्दा कुनै फरक नपर्ने उनको भनाई छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC