site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
सूर्यबाट निस्कने ऊर्जाको अध्ययन गर्दै नासा
Sarbottam CementSarbottam Cement

एजेन्सी । नासाले सौर्यमण्डलमा सूर्यबाट निस्कने प्रकाश (ऊर्जा) को मात्रा पत्ता लगाउने भएको छ । नासाले ऊर्जाको मात्रा पत्ता लगाउन अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नयाँ र आधुनिक उपकरणहरु जडान गरेको छ । 

आईएसएसमा लगाइएको टोटल एण्ड स्पेक्ट्रल सोलर इर्रेडिएन्स सेन्सर (टीएसआईएस–१ पूर्ण रुपमा काम गरिरहेको र आंकडा एकत्रित गरिरहेको नासाको भनाई छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नासाको गोड्डार्ड स्पेस फ्लाइट सेन्टरमा टीएसअईएस–१ का परियोजना वैज्ञानिक डोंग वू ले टीएसआईएस–१ ले विस्तृत आंकडा संकलन गर्ने बताए । आंकडाबाट धर्तीको विकिरणमा सूर्यको प्रभाव, पर्यावरणीय चक्र, परिस्थिति र पृथ्वीको प्रणाली तथा जलवायु परिवर्तनमा पर्ने प्रभाव बारे बुझ्न सहयोग मिल्ने उनको भनाई छ ।

यो उपकरणलाई १५ डिसेम्बर २०१७ मा फ्लोरिडाको केप केनेवरल एयरफोर्स स्टेशनबाट स्पेस एक्स फाल्कन–९ रकेटबाट रवाना गरिएको वेब दुनियाँ डटकमले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  ०२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC