site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नवनियुक्त श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार तत्पर रहेको बताएका छन् । मंगलबार मन्त्रालयमै पत्रकारहरुसँग कुरा गर्दै मन्त्री विष्टले भने, “आवश्यक विधि र कानुनहरुको परिमार्जन गर्दै वातावरणको निर्माण गरिनेछ । यसलाई व्यवस्थित गर्नका लागि अन्य मन्त्रालयहरुसँग पनि समन्वय गरिनेछ ।” 
सरोकारवाला मन्त्रालयसँग समन्वयमार्फत् यसमा ध्यान पुर्याइने भन्दै उनले मेनपावरहरुलाई गुणस्तरीय सेवा दिनसक्ने बनाउन आवश्यक कदम चालिने बताए । साथै वैदेशिक रोजगारमा जानेहरुका लागि श्रम स्वीकृतीका लागि काठमाडौं ताहाचलबाट मात्रै काम गरिँदै आएकोमा अब पूर्वमा इटहरी, धनुषा तथा पश्चिमको बुटवलबाट काम सुरु गर्न लागिएको जानकारी दिए । 
मन्त्री विष्टले नेपालकै श्रम बजारलाई पनि फराकिलो बनाउनुपर्ने र बाहिर जाने जनशक्तिलाई पनि दक्ष बनाउनुपर्ने भएकाले त्यस बिषयमा मन्त्रालयले ध्यान पुर्याउने समेत बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC