site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

आङ्करा । उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा सातजना टर्किस् सैनिक मारिएका छन् । त्यहाँ अरु ११ जना घाइते भएका छन् । 

उक्त क्षेत्रमा मङ्गलबार बिहान भएको झडपमा परी टर्कीस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले सो जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार मात्र सिरियाको अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका बताइएको थियो । तर मङ्गलबार टर्किस् सैनिकमाथि नै आक्रमण भएको बताइएको छ । 

उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको थियो । आइतबार सेनाले सो भागलाई पूर्ण नियन्त्रणमा लिएको जानकारी दिएको छ । 

Global Ime bank

टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशानामा पारिर खोजिरहेको थियो । उक्त समूहलाई टर्कीले आतंकवादी संज्ञा दिएको छ । 

सो क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही कुर्दहरुले नै टर्कीस् सैनिकमाथि आक्रमण गरिएको अनुमान गरिएको छ । यस हत्याको विस्तृत समाचार भने प्राप्त भएको छैन । 

टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिअनुसार टर्किस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ ले सिरियाको आफ्रिनमा सुरु गरेको कारबाहीको क्रममा ज्यान गुमाउने सैनिकको संख्या करिब ५० पुगेको बताइएको छ । 

सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारबाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  ०३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC