site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कहाँ पुग्यो लामाको अनुसन्धान ? के छ सीसीटिभी फुजेटमा?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको फागुन २९ गते राति काठमाडौंको पिंगलास्थान गौशालाबाट हतियारसहित गुण्डा नाइके गणेश लामा पक्राउ परे । पक्राउ परेकै राति सञ्चारमाध्यममा समाचार आयो । प्रहरीले लामाबाट टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली र एउटा खोका बरामद गरिएको बताएको छ । 

लामा चढ्ने गरेको बा ३ च १७२ नम्बरको प्राडो गाडी पनि प्रहरी नियन्त्रणमा छ । लामाले भने आफूमाथि हतियार चलेको र आफूलाई मार्न खोजिएको प्रहरीसँग बताएका छन् । आफूमाथि गोली प्रहार गर्नेलाई नचिनेको र आफूले ऊसँग पेस्तोल खोसेको उनले प्रहरीसमक्ष बयान दिएका छन् । तर, प्रहरीले भने उनको बयान विश्वास गरिरहेको छैन । बलियो प्रमाणको रुपमा प्रहरीसँग सीसीटिभी फुटेज भने छ । 

के छ सीसीटिभी फुटेजमा ?
स्रोतका अनुसार फागुन २९ गते राति गणेश लामा पक्राउ परेको स्थानको सीसीटिभी फुटेज प्रहरीसम्म आइपुगेको छ । अहिलेसम्म  प्रहरीले त्यसबारे बोलेको छैन । तर, सीसीटिभी फुटेजमा प्रष्टसँग पेस्तोल गणेश लामाको हातमा देखिन्छ । स्रोतले भन्यो, “फुटेजमा गणेश लामाको हातमै पेस्तोल देखिन्छ, अनि सडकमा केही मान्छे हिँडेको पनि देखिन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले अहिलेसम्म फुटेज प्रशासन कार्यालयमा पेश गरेको छैन । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद पाएको थियो । यही १० गते प्रमुख जिल्ला अधिकारीलाई त्यो फुटेज उपलब्ध गराइने प्रहरीले बताएको छ । स्रोतका अनुसार लामालाई पक्राउ गर्ने प्रहरीहरुसँग पनि घटनास्थलको अवस्थाबारे बयान लिइएको छ । 

लामालाई प्रहरीका तीन प्रश्न 
 

Global Ime bank

पक्राउ परेका लामा महानगरीय प्रहरी परिसर काठमाडौंमा हिरासतमा छन् । स्रोतका अनुसार प्रहरीले लामालाई गरेका मुख्य तीन प्रश्न यस्ता छन् ।

१. बरामद भएको हतियार कताबाट आयो र कसको हो ?
२. कसले गोली चलायो ?
३. घटना कसरी घट्यो, कारण के हो ?

 

तर, लामाले हतियार आफ्नो नभएको र अरु कुरा आफूलाई थाहा नभएको बयानमात्रै दिएका छन् । लामाले आफूमाथि गोली प्रहार भएको तर्क गरे पनि कसले र किन गर्यो भन्ने बताउन सकेका छैनन् । यसकारण पनि प्रहरीले लामामाथि थप शंका गरिरहेको छ । लामामाथि अनुसन्धान गर्न फेरि म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ ।

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC