site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी जवानहरुसँग खाना खाएपछि गृहमन्त्रीले भने– रासनको विभेद हटाउँछु
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आज (बुधबार) बिहान खाना खाने बेलामा महानगरीय प्रहरी वृत्त अनामनगर पुगे । उनी खाना खानका लागि प्रहरी वृत्त पुगेका होइनन् । तर, उनले प्रहरीको मेसमा बसेर जवानहरुसँगै खाना खाए । 

महानगरीय प्रहरी वृत्त अनामनगरको आकस्मिक निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्षलगायतको निरीक्षण गरे । 
सबै निरीक्षण सकेपछि उनी मेस पनि हेर्नुपर्यो भन्दै वृत्तको मेसतिर लागे । खाना खाइरहेका प्रहरीहरु गृहमन्त्री आएको देखेर जर्याकजुरुक उठ्न खोजे । तर, थापा उनीहरुलाई नउठ्न आग्रह गर्दै भान्सातिर लागे । 

Prabhu Bank
Agni Group
NIC Asia

भान्सामा पुगेर मन्त्रीले सोधे, “हामी पनि यही खाना खान्छौं, पुग्छ ?” उनको प्रश्नमा भान्सामा रहेका जवानहरु सुरुमा त अकमकिए । मन्त्रीले साँच्चिकै भनेको थाहा पाएपछि एक जवानले भने– पुग्छ हजुर ! ‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् भन्दै मन्त्री खाना खाइरहेका प्रहरीहरुसँगै बसे । आज भान्सामा दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुको अचार बनेको रहेछ । ‘गृहमन्त्री आउने जानकारी पाएको भए मासु पनि पकाउन हुन्थ्यो,’ एक जवानले टिप्पणी गरे । अचानक आइपुगेका गृहमन्त्रीलाई वृत्तका प्रहरीले सलामीसमेत अर्पण गर्न पाएनन् । 

खाना खाएपछि मन्त्री थापाले प्रहरीहरुलाई जनताको जिउधनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न  निर्देशन दिए । सुरक्षा निकायका अन्य अंगभन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफू जानकार रहेको भन्दै गृहमन्त्रीले त्यो असमानता हटाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC