site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘शत्रु गते’ को सेटमा भूत ! प्रियंका बेहोस
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंसिर ३ गते चलचित्र ‘शत्रु गते’ वीरगञ्जको जितपुरमा छायांकन भैरहेको थियो । विवाहको दृश्यका लागि भब्य मन्डप तयार पारिएको थियो । चलचित्र छायांकन भैरहेको थियो । चलचित्रका अधिकांश कलाकार छायांकन स्थलमै थिए । नायिका प्रयंका कार्की पनि सेटमै थिइन् । सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ भएकी प्रियंका जहाँ गयो त्यहीँ सेल्फी खिचेर पोष्ट गरिहालिछन् । विवाहको भब्य सेटले उनलाई लोभ्यायो । इन्टाग्राम अन गरिन् र सेल्फी खिचिन् । फोटोको बीचमा एमानको सेतो मान्छे जस्तो ब्यक्ति आयो । उनले दोहोर्याएर सेल्फी खिचिन् । उनको फोटोसँगै त्यही सेतो मान्छे आयो । सँगै रहेकी नायिका आँचल शर्मालजाई उनले आफ्नो सेल्फीमा आएको तस्बिर देखाइन् । आँचलले पनि इन्टाग्रामबाट सेल्फी लिइन् । उनको सेल्फीमा पनि त्यही सेतो ब्यक्ति आयो । 

“एक कान दुइकान मैदान भयो । केही स्थानीयले भगवान रिसाएर भूत प्रकट भयो भने, अब अनिष्ट हुन्छ भने । यस्तो कुरा सुनेर प्रियंका बेहोस भइन्,” ‘शत्रु गते’का निर्देशक प्रदीप भट्टराई उक्त घटना सम्झँदै भन्छन्, “केही भने ठिक उल्टो भगवान खुसी भएर प्रकट भए । चलचित्र राम्रो हुन्छ भन्न थाले । बेहोस भएकी प्रियंकाललाई होसमा आउन निकै समय लाग्यो । कसैले भूत कसैले भगवान भन्न थालेपछि सुटिङ रोकियो । वास्तविकता के हो अन्योल भयो ।”

Prabhu Bank
Agni Group
NIC Asia

न थियो भूत न थियो भगवान । रहस्य भोलीपल्ट विहान खुल्यो । नायक पल शाहले पत्ता लगाए त्यो दिन इन्टाग्रामले दिएको फिचर रहेछ मान्छे जस्तो देखिने सेतो आकृति । 

चलचित्र ‘शत्रु गते’ यही शुक्रबारबाट अल नेपाल प्रदर्शन हुँदैछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC