site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीसामु समस्यै समस्या सुनाए मुख्यमन्त्रीले, न कानुन छ न त स्रोत साधन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सातैवटा प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सरकार सञ्चालनका लागि कुनै ऐन कानुन नभएको, स्रोत साधनको अभाव रहेको भन्दै गुनासो व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले सातैवटा प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्रीहरुले प्रदेशमा ऐन कानुनको अभाव रहेको, काममा कर्मचारीले असहयोग गरेको, स्रोत साधनको समस्या रहेको, केन्द्रसँग तालमेल हुन नसकेको, सचिवस्तरकै कर्मचारी हुनुपर्ने लगायतका गुनासा गरेका थिए ।

प्रधानमन्त्रीसँगको छलफलपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने, “प्रदेश सरकारमा ऐन कानुन छैन । प्रदेशको काममा केन्द्र सरकारले सहयोग गर्नुपर्यो । स्रोत साधनको समस्या छ । केन्द्र र प्रदेशबीच तालमेल हुन सकेको छैन । कर्मचारीहरु प्रदेशमा जान मानेका छैनन् । यसमा केन्द्रले सहयोग गरेको छैन । सहसचिवस्तरको कर्मचारी हुँदा अन्य निकायले अप्ठेरो मानेका छन् ।”

Global Ime bank

त्यसैगरी पछिल्लो समय सरकारले तय गरेको मर्यादाक्रम पनि नमिलेको भन्दै गुनासो गरेका थिए ।

उनले प्रदेश नम्बर २ मा नागरिकताको समस्या रहेको पनि जानकारी गराएका थिए । जन्मसिद्ध नागरिकता पाउनुपर्ने व्यक्तिले पनि नागरिकता पाउन नसकेको भन्दै गुनासो गरेका थिए ।

मुख्यमन्त्रीको गुनासोपछि प्रधानमन्त्री ओलीले संघीयता मुख्यमन्त्रीहरुलाई सरकारले स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै अब कोही पनि असफल हुने छुट नरहेको बताएका थिए ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, “यो संघीयता कार्यान्वयनका लागि भएको महत्वपूर्ण बैठक हो । अब समस्या देखाउने मात्रै होइन, समाधान पनि गर्नैपर्छ । अब हामीलाई संघीयताबाट पछि फर्कने  र असफल हुने समय नै छैन । कसैले पनि काम गर्न सकिनँ भन्ने छुट पनि पाउँदैन । सरकारकाले ऐन नियमका लागि गर्नुपर्ने सहयोग आजैदेखि सुरु गर्छ । स्रोतको पनि अभाव हुन दिने छैन ।”
तस्बिर : रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC