site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेसकेन्द्रित दललाई सरकारको बेवास्ता ! फोरम नजिक, राजपा झन् टाढा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘संविधान संशोधन’ को आशमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विश्वासको मत दिएका मधेसकेन्द्रित दलहरु संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल सरकारको बेवास्ताका कारण सशंकित बनेका छन् । नेकपा एमालेका नेताहरुसँग भएको अनौपचारिक वार्तापछि मधेसकेन्द्रित दलले ओलीको पक्षमा मतदान गरेका थिए ।

त्यसयता सरकारमा सहभागिता र संविधान संशोधनका कुनै पनि विषयमा छलफल हुन नसकेपछि एमाले नेतृत्वको सरकारसँग झनै सशंकित हुनुपर्ने अवस्था आएको मधेसकेन्द्रित दलका नेताहरुले बताउँदै आएका छन् ।

“हामीले हाम्रो धारणा नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसमक्ष राखेका हौं,” मधेस केन्द्रित दलका एक नेताले भने, “त्यसयता संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा गम्भीर रूपमा छलफल हुन सकेको छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लोपटक भएको सरकार विस्तारका क्रममा संघीय समाजवादी फोरम नेपाल पनि सहभागी हुने बताइएको थियो । तर, अन्तिममा हुन सकेन । विश्वस्त स्रोतका अनुसार फोरम नेपाललाई पहिले दिने भनिएको मन्त्रालयमा पछि एमालेकै नेताहरुलाई पठाइयो । त्यसपछि फोरम नेपालले कम्तिमा ३ वटा मन्त्रालय आफूहरुले पाउनुपर्ने अडान राखेको छ । तर, एमालेले २ वटाभन्दा बढी दिन नसकिने अडान राखेका कारण सरकारमा सहभागिताको विषय अघि बढ्न नसकेको ती नेताले बताए ।

फोरम नेपालले प्रधानमन्त्री ओलीसँग सूचना तथा सञ्चार, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माग गरेको थियो । तर, ओलीले ती मन्त्रालयमा आफूनिकटका नेताहरुलाई पठाइसकेका छन् । अब २ वटा मन्त्रालयमात्रै बाँकी छन् । ती हुन्, सहरी विकास र स्वास्थ्य तथा जनसंख्या ।

Global Ime bank

राजपाले संविधान संशोधनको माग पूरा नभएसम्म सरकारमा सहभागिताको विषयमा कुरै नहुने बताउँदै आएको छ । राजपाका एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई बोलाएर सरकारमा सहभागिताका लागि आग्रह गरेका थिए । तर, ठाकुुरले त्यसअघि आफूहरुका तीनवटा माग पूरा हुनुपर्ने माग अघि सारेका थिए ।

संविधान संशोधन हुनुपर्ने, ४ जना कार्यकर्तालाई सहिद घोषणा गर्नुपर्ने र रेशम चौधरीसहित मधेस र थरुहट आन्दोलनमा लागेका ५ सय बढी कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने माग उनले अघि सारेका थिए ।

त्यसबाहेक सरकारसँग कुनै पनि विषयमा वार्ता हुनुअघि हिरासतमा रहेका चौधरीलाई सांसदको शपथ गराउनुपर्ने माग राजपाको रहेको छ ।

राजपाका महासचिव मनिष सुमन भन्छन्, “हाम्रा यी माग पूरा भएपछि मात्रै हामी सरकारमा सहभागी हुन्छौं । पहिले यी मागहरु पूरा हुनुपर्छ, त्यसपछि मात्रै हामी सरकारमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई जानकारी गराइसकेका छौं ।”

अहिले नै आशंका हुनेगरी किन पक्षमा मत दिएको त ?

मधेसी दलका नेताहरु भन्छन्– संविधान संशोधनमा नेकपा एमालेले देखाएको लचकताकै कारण हामीले विश्वासको पक्षमा मत दिएका हौं । 

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरु नजाँदा सरकार नबन्ने अवस्था नरहेको बताउँदै शक्ति सन्तुलनका लागिमात्रै आफूहरु सरकारमा जान तयार भएको बताए । “सरकारमा हाम्रो सहभागितालाई शक्ति सन्तुलनको रुपमा मैले बुझेको छु । राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सन्तुलन जुन ढंगले विकास भइरहेको छ, यो अवस्थामा मुलुकलाई समृद्धिको दिशामा लैजाने सरकारको चाहना छ । हामीले त्यसमा सहयोग गर्न खोजेका हौं । तर पछिल्लो समय गम्भीर ढंगले वार्ता हुन सकेको छैन ।”

संविधान संशोधन आफूहरुको प्रमुख सर्त भएको उनको टिप्पणी छ ।

\"\"

किन र के विषयमा संविधान संशोधन ?
 

फोरम नेपालले संविधान जारी हुनुअघि नै प्रदेशको बाँडफाँटमा असहमति जनाएको थियो । संविधान संशोधन गरेर प्रदेशको संख्या बढाउनुपर्ने र एक मधेस प्रदेश हुनैपर्ने अडान फोरम नेपालको छ ।

“हामीले पहिलेदेखि नै ११ राज्य हुनुपर्ने बताउँदै आएका छौं,” सहअध्यक्ष श्रेष्ठले भने, “तर सात प्रदेश बनाइएको छ । त्यसमा पनि अब सीमा चलाउनै नमिल्ने प्रावधान राखेर । त्यो हामीले संशोधन हुनुपर्ने भनेका छौं ।”

आफूहरुले भनेजस्तै ११ नभए पनि बाटो बन्द भने अहिले नै गर्न नहुनेगरी संविधान संशोधन हुनुपर्ने उनले बताए । त्यसका लागि संविधानको धारा २७४ अहिले संशोधन गरिनुपर्ने धारणा पार्टीको छ । 


माग सम्बोधन भए सरकार बाहिर बस्न पनि फोरम तयार !
 

फोरम नेपालले आफूहरुले अघि सारेको माग पूरा भए अहिले सरकार बाहिर रहेर पनि सहयोग गर्न सकिने नेता श्रेष्ठ बताउँछन् । उनले यसअघि पनि शेरबहादुर देउवा र प्रचण्डलाई पनि त्यसैगरी सहयोग गरेको जानकारी दिए ।

सरकारसँग फोरम नजिक, राजपा टाढा !

सरकारले अहिले नै सबै माग सम्बोधन गर्न नसके पनि कुनै न कुनै सम्झौता गरेर फोरम नेपाललाई सरकारमा सहभागी गराउन चाहन्छ । त्यसका दुईवटा उद्देश्य रहेको एक नेता बताउँछन् ।

“एमालेले माओवादीसँग एकता नहुने र माओवादी सरकारबाट बाहिरिने अवस्थामा फोरम नेपालको साथ खोजेको छ,” एक नेताले भने, “अर्को मधेसकेन्द्रित दल पनि सरकारमा छ भनेर ओलीले देखाउन चाहन्छन् ।”

त्यसबाहेक उपेन्द्र यादव नेतृत्वमा रहेका नेताहरु पहिले एमालेकै भएकाले पनि सहज भएको ती नेताको भनाइ छ । तर राजपालाई ओलीले फोरमलाई जति वास्ता नगरेको स्रोत बताउँछ ।

“फोरमका नेताहरुसँग कुरा भएको होला, तर हामीसँग सरकारमा जाने विषयमा गम्भीर रुपमा वार्ता भएको छैन,” राजपा महासचिव मनिष सुमनले बाह्रखरीसँग भने ।

\"\"

संविधान संशोधनको आशमा विश्वासको मत
 

गत फागुन २७ गते संविधान संशोधन गर्ने आशमा प्रतिनिधसभामा रहेका राजपाका १६ सांसदले सरकारलाई विश्वासको मत दिएका थिए । प्रधानमन्त्री ओलीको पक्षमा राजपासहित २०८ जना सांसदले विश्वासको मत दिएका थिए । 

सुमन भन्छन्, “दुईतिहाइ मत पुगेपछि संविधान संशोधन हुने देखेर हामीले ओली सरकारलाई विश्वासको मत दिएका हौं । अहिले पनि हाम्रो प्राथमिकता त्यही हो ।” राजपाले सम्झौता विश्वास नगर्ने बताउँदै अब कार्यान्वयन नै हुनुपर्ने धारणा पार्टीले राखेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC