site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फेसबुक प्रकरणपछि गल्ती स्वीकार्दै जुकरवर्गले मागे माफी
Ghorahi CementGhorahi Cement

एजेन्सी । फेसबुकमार्फत क्याम्ब्रिज एनालिटिकाले प्रयोगकर्ताको गोप्य जानकारी चोरेको खबर बाहिर आएपछि प्रमुख कार्यकारी अधिकृत माक्र्स जुकरवर्गलाई यस मुद्दामा आधिकारिक बयान दिन धेरै दबाब दिइएको थियो । यसरी फेसबुकमाथि लगातार गम्भीर आरोप लागिरहेपछि अन्त्यमा जुकरवर्गले गलती स्वीकार गर्दै माफी मागेका छन् ।

यसका साथै जुकरवर्गले आगामी दिनहरुमा भने कुनैपनि तेस्रो कम्पनीले मानिसहरुको व्यक्तिगत जानकारी सहज हासिल गर्न नपाउने समेत आश्वासन दिएका छन् । त्यस प्रकारको एप निर्माण गर्ने एलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकको प्रमुख संलग्नता रहेको यो घटनामा ठूलो विश्वासघात भएको र यसबाट आफूले निकै महत्वपूर्ण पाठ सिकेको उनले बताएका हुन् ।

Agni Group

जुकरवर्गले भने, ‘फेसबुकका साथै ती मानिसहरुका साथ पनि विश्वासघात भएको छ जसले आफ्ना सम्पूर्ण जानकारीहरु हामीसँग शेयर गर्ने गरेका छन् ।’ आधिकारिक बयान दिने क्रममा जुकरवर्गले यसविरुद्ध कडा कदम उठाउने बचन दिँदै भने, ‘फेसबुक मैले सुरु गरेको हुँ र हाम्रो यस मञ्चमा हुने जुनसुकै कुराका लागि पनि म नै जिम्मेवार रहन्छु ।’ 

त्यसकारण यस समस्याको समाधानका लागि फेसबुकका तर्फबाट उठाइने विभिन्न कदमहरुबारे समेत उनले जानकारी गराएका हुन् । यस अन्र्तगत २०१४ मा अवैधानिक रुपले डाटा हासिल गरेका सबै एपहरुको जाँच गरिने र निजी जानकारीको दुरुपयोग गर्ने एप निमार्तामाथि पनि प्रतिबन्ध लगाइने उनले बताए ।

Global Ime bank

त्यसैगरी यसबाट प्रभावित मानिसहरुलाई पनि सूचना दिइने र प्रयोगकर्ताले कुनैपनि एपमा साइन इन गर्दा व्यक्तिको नाम, प्रोफाइल फोटो र इमेल अड्रेस जस्ता सिमित जानकारीसम्म मात्र एपको पहुँच रहने फेसबुकले बताइएको छ । यसबाहेक एपहरुले कुनैपनि कामका लागि व्यक्तिको पोस्ट वा निजी डाटा लिनुअघि उनीहरुसँग अनुमति लिनुपर्ने र आधिकारिक कागजमा हस्ताक्षर समेत गर्नुपर्ने नियम लागू गरिने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC