site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेस्सीले विश्वकपमा अर्जेन्टिनाको टिम बोक्न सक्छन् – प्रशिक्षक साम्पाओली
Sarbottam CementSarbottam Cement

एजेन्सी । अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओलीले रुस विश्वकपमा स्टार स्ट्राइकर लियोनल मेस्सीले अर्जेन्टिनाको टोलीलाई बोक्न सक्ने बताएका छन् । इटालीविरुद्धको मैत्रीपूर्ण खेलअघि प्रशिक्षक साम्पाओलीले मेस्सीसँग अर्जेन्टिनाको टोलीलाई अगाडी बढाउन सक्ने क्षमता रहेको बताएका हुन् ।

अर्जेन्टिनाले इटालीसँग शनिबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । रुस विश्वकपमा छनोट हुन असफल इटालीसँगको खेलअघि साम्पाओलीले भने,  “मेस्सी सबैभन्दा राम्रा खेलाडी हुन् र मेस्सी परिपक्वताको चरणमा छन् । त्यसैले उसले आफ्नो काधमा टिम बोक्न सक्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अर्जेन्टिनाका कप्तान मेस्सीले यो सिजन क्लब बार्सिलोनाबाट उत्कृष्ट खेल्दै आएका छन् । मेस्सी ला लिगामा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।  मेस्सीको उच्च प्रदर्शनले नै बार्सिलोना ला लिगाको उपाधि होडमा रहेको छ ।

विश्वकप छनोटको अन्तिम खेलमा इक्वेडरविरुद्ध मेस्सीले ह्याट्रिक गोल गर्दै अर्जेन्टिनालाई विश्वकपमा पुराएका थिए । मेस्सी चार बर्षअघि भएको ब्राजिल विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएका थिए । तर, फाइनलमा जर्मनीसँग १ – ० ले स्तब्ध हुँदै अर्जेन्टिना उपाधि जित्नबाट बन्चित भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC