site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकसाता अगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका रवीन्द्र अधिकारीले सन् २०३० सम्म्मा वार्षिक ५० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य सार्वजनिक गरेका छन् । उक्त घोषणा मन्त्री अधिकारीको मात्रै नभएर वर्तमान गठबन्धनले निर्वाचन अगाडि नै सार्वजनिक गरेको थियो ।

पछिल्लो समय पर्यटनबाटै आर्थिक समृद्धिको अभियानलाई तिव्रता दिने उद्देश्यले मन्त्री अधिकारी मात्रै नभएर पर्यटन व्यवसायीहरुले पनि ‘मिसन ५ मिलियन’ को नारा सार्वजनिक गर्दै आएका छन् । 

मन्त्री अधिकारी सरकारले विगतमै घोषणा गरेको भिजिन नेपाल २०२० मा १५ लाख पर्यटक भित्र्याउने पहिलो लक्ष्य भएको बताउँछन् । ‘सन् २०२० सम्ममा बार्षिक १५ लाख पर्यटक भित्र्याउने अभियान सुरु भएको छ,’ मन्त्री अधिकारीले भने  । 

Prabhu Bank
Agni Group
NIC Asia

सरोकारवाला निकायहरु पनि सन् २०१७ को आगमन बृद्धिदर अब १२ वर्ष जारी रहेमा सन् २०३० सम्ममा बार्षिक ५० लाख पर्यटक नेपाल ल्याउन सकिने दाबीसमेत गर्दछन् । 

सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भ्रमण आएका थिए ।  
सन् २०१७ मा गतवर्ष भन्दा १ लाख ८७ हजार २ सय १६ पर्यटक बढी आएका हुन ।  जुन सन् २०१६ को २४ प्रतिशतले बढी हो । सन् २०१८ मा पनि यही बृद्धिदर जारी रहेमा १२ लाख हाराहारी पर्यटक नेपाल भ्रमणमा आउनेछन् । 

Global Ime bank

“स्थिर सरकार तथा आर्थिक मुद्दामा अब बन्ने सरकारले केन्द्रित गर्यो १२ लाख भन्दा बढी पर्यटक सन् २०१८ मा आउने देखिन्छ,” होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले भने । 

नयाँ विमानस्थल तत्काल तयार नभएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही व्यवस्थापन गरेमा पनि पर्यटक आगमनदर बढाउन सकिने दाबी शाहको छ ।   
सन् २०१७ मा  नेपालको इतिहासमै सवैभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका हन् । सन् २०११ मा १० लाख पर्यटक नेपाल भित्रिने लक्ष्य ६ वर्षपछि पूरा हुने चरणमा प्रवेश गरेको हो । 

नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डे पनि बार्षिक ३० प्रतिशतको बृद्धि गराउन सक्यौं भने सन् २०३० सम्ममा वार्षिक ५० लाख पर्यटक नेपाल भित्र्याउन सक्ने दाबी गर्दछन् ।  यसको लागि सरकारले पूर्वाधारमा विशेष जोड दिनुपर्ने पाण्डे बताउँछन् ।   

यस अघि सन् २०१२ मा ८ लाख ३ हजार ९२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसयता बढ्नुपर्नेमा पर्यटक घटेका थिए । भने सन् २०१५ मा भूकम्पका कारण पर्यटक आगमनमा ठूलो गिरावट आएको थियो । उक्त समयमा ५ लाख ३८ हजार पर्यटक मात्र नेपाल भ्रमणमा आएका थिए । 

आवश्यकता ठूला पूर्वाधार  

पर्यटन क्षेत्रको विकासमा पहिलो बादकनै ठूला पूर्वाधारको विकास हुन नसक्नुनै हो । सन् २०३० मा ५० लाख पर्यटक भित्र्याउनको लागि पहिलो काम भनेको विमानस्थल निर्माणनै भएको बताउँछन् पर्यटन व्यवसायी सुमन पाण्डे । “संघीयतामा पर्यटनको विकासको लागि पूर्वाधारमै लगानी हो, यसमा प्रदेश सरकार र केन्द्र सरकारको ध्यान दिन आवस्यक छ,” पाण्डेले भने ।   

अहिले पनि भैरहवा र पोखरामा क्षेत्रिय स्तरका अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणको चरणमा रहेका छन् । भैरहवामा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१९ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य छ भने पोखरामा पनि सन् २०२० मा सञ्चालनमा आइसक्ने गरी निर्माण कार्य सुरु भएको छ  । 

यता विगत दुई दशकदेखि चर्चामा रहेको  निजगढमा निर्माणमा हुने अन्तर्राष्ट्रिय विमानस्थलको काम अझै अगाडि बढ्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको कामले गति लिन सकेको छैन ।  

दुई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भने निर्माण कार्य सुरु भइसकेको र निजगढ विमानस्थल निर्माण तथा त्रिभुवन विमानस्थलको निर्माण गर्ने कार्यका लागि धेरै प्रक्रिया अगाडि बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी बताउँछन् । “मेरो लक्ष्य निजगढ विमानस्थलै हो, पाँचवर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडी बढ्छ,”  मन्त्री अधिकारीले भने ।

बन्दैछन् तारे होटलहरु  
 

सरकारको पूर्वाधारमा लगानी सुस्त भएपनि निजी क्षेत्रले पछिल्लो समय दर्जनौँ तारे होटल निर्माण गरिरहेका छन् । पछिल्लो वर्षहरुको निर्माणकार्यलाई हेर्दा सन् २०२० सम्ममा १० वटा भन्दा बढी पाँच तारे होटलहरु आउँदैछन् । अहिलेकै क्षमता पनि १५ लाख भन्दा बढी पर्यटक धान्ने अवस्थामा होटलहरु रहेका छन् । पुनः ४ हजार भन्दा बढी कोठाहरु थपिंदैछन् । 

होटलमा लगानीको हिसावले सन् २०१७ भने पर्यटन क्षेत्रमा सुखद रहेको छ । गतवर्ष दशकौँपछि पाँच तारे र चार तारे होटलहरु थपिएका छन् । भने दर्जनौको संख्यामा पर्यटक स्तरका होटलहरु थपिएका छन् । जसका अर्बौ लगानी भएको छ । 

५० लाख पर्यटक ल्याउने लक्ष्य 
 

केही समय अगाडी प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक गरेको थियो । पाटाले सरकार र निजीक्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने मिसन बनाएको छ । 

पाटाले भिजन ५ मिलियन योजनालाई सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ गरी पर्यटकलाई नेपाल ल्याउनका लागि पहलकदमी भूमिकासमेत खेल्ने दाबी गर्दै आएको छ ।  

पाटाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहस्राब्दी विकास लक्ष्यअनुरुप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले नेपालमा पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने बताए । “निजीक्षेत्रले मात्र काम गरेर हुँदैन । त्यसका लागि सरकारले पनि पूर्वाधार निर्माण गर्नुपर्छ, सरकारले अधिक पर्यटक भित्र्यउने पूर्वाधार निर्माणमा जोड दिएको छ,” उनले भने । 

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रय विमानस्थलको काम चाँडो सकेको खण्डमा पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने देवकोटा बताउँछन् । 

“भारत र चीनका पर्यटकलाई लक्ष्य गरेर कार्यक्रम बनाउन सकेमा मात्र पनि ठूलो संख्यामा नेपालमा पर्यटक आउँछन,” उनले भने ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल साक्यले भूकम्पपछिको पर्यटनको अवस्था सामान्य बन्दै गएकाले अब पर्यटनमा व्यापाक लगानी र प्याकेजको आवश्यकता परेको बताउँछन् । “अब बन्ने सरकारले पनि सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । हामीले पनि त्यही लक्ष्यलाई भिजन बनाएका छौं,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC