देश
काठमाडौं । राजधानीको टोखा–९ आनन्दटोलमा प्रहरीले अवैध रक्सी भट्टीमा छापा हानेको छ । सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले छापा हान्दा १ हजार अवैध रक्सी बरामद भएको छ ।
प्रहरीले रक्सी उत्पादन गर्ने २ ठूला भाडा र केही मात्रामा कच्चा पदार्थसमेत बरामद गरिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । प्रहरीले अन्य स्थानमा पनि अवैध मदिरा नियन्त्रण र नष्ट गर्ने अभियान बनाएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४ १२:०५
प्रतिक्रिया दिनुहोस्