site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघिल्लो सरकारले गरेको निर्णयलाई नयाँ सरकारले निरन्तरता नदिँदा विपन्न जीविकोपार्जन भत्ता अन्योलमा परेको छ । गत माघ ११ गते राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिरहेका मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका करिब २ दर्जन बिरामीलाई अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले मासिक ५ हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिएर  कार्यक्रमको शुरुवात गरेका थिए । तर, त्यसपछिका दुई महिनासम्म पनि  भत्ता नपाएको बिरामीहरुको गुनासो छ । 

स्वास्थ्य सेवा व्यवस्थापन  महाशाखाका अधिकृत प्रकाश घिमिरेले भने अहिले बिरामीको तथ्यांंक लिने काम भइरहेको बताएका छन् । उनले भने, “भत्ता वितरणका विषयमा नयाँ मन्त्रीबाट निर्देशन आएपछि मात्र अघि बढ्छ । अहिलेसम्म १२ वटा अस्पतालबाट मृगौलाको डाईलासिस गरिरहेका, क्यान्सरको किमो लिइरहेका र स्पाईनल इन्जुरी भई प्यारालाईसिस भएका २ हजार बिरामीको तथ्यांक आएको छ । कतिपय अस्पतालले बिरामीको तथ्यांक पठाउन पनि अटेरी गरेका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

वीर अस्पतालमा मृगौलाको डाईलासिस गरिरहेका सामाखुसीका नेत्रप्रसाद पाण्डेले सरकारले दिएको विपन्न जीविकोपार्जन भत्ताको पहिलो किस्तामात्र पाएको बताए । उनले भने, “पहिलो ५ हजार भत्ता रकम पाइयो तर त्यसपछि २ महिना भयो, आएको छैन भनेर दिएनन् ।”

जीविकोपार्जन भत्ताको कार्यविधिअनुसार क्यान्सरको उपचाररत बिरामी, मिर्गौला फेल भई डायलासिस गराईरहेका तथा प्रत्यारोपण गरेका विरामी र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीले मासिक ५ हजार रुपैयाँ पाउँछन् । तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहराको प्रस्तावमा गत १३ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जीविकोपार्जन भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो । 

Global Ime bank

सरकारले छुट्याएको १२ करोड रुपैयाँले यस वर्षको अन्त्यसम्म पनि नपुग्ने भएपछि  मन्त्रालयले भत्ता कार्यक्रम रोकेको मन्त्रालयका प्रवक्ता डा. श्रीराम गिरिले बताए । उनले भने, “यस वर्षको लागि थप ८० करोड रुपैयाँ आवश्यक पर्ने देखिएपछि भत्ता कार्यक्रम रोकिएको हो ।” 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC