site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ वर्षदेखि बुद्ध एयरको काठमाडौं–सुर्खेत उडान
Ghorahi CementGhorahi Cement

काठमाडौ. । बुद्ध एयरले नयाँ वर्ष २०७५ देखि काठमाडौंबाट सुर्खेत उडान सुरु गर्ने भएको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी भएपछि कम्पनीले उडान सुरु गर्न लागेको हो ।

देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौंसँग जोड्नु आफ्नो दायित्व भएको कम्पनीले बताएको छ । सोहीअनुसार आगामी वैशाख १ गतेदेखि काठमाडौं–सुर्खेत–काठमाडौं उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिन लागिएको बुद्ध एयरले जनाएको छ । १८ सिट क्षमताको बीचक्राफ्ट जहाजबाट काठमाडौं–सुर्खेत–काठमाडौंको दैनिक एक उडान भर्ने योजना कम्पनीको छ । 

Agni Group

सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम एकतर्फी भाडा दर ११ हजार ४ सय १९ रुपैयाँ भए पनि आधा सिट ८ हजार ५ सय र बाँकी आधा सिट १० जार ५ सयमा बेच्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

यसअघि बुद्ध एयरले २०६९ पुषदेखि २०७० आषाढसम्म काठमाडौंबाट सुर्खेतको दैनिक उडान सञ्चालन गरेको थियो । पर्याप्त यात्रु नभएपछि सुर्खेत उडान रोकिएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC