site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यमनसँग अंक खोस्ने नेपालको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी एसियन कप छनोअन्तर्गत नेपालले आफ्नो अन्तिम तथा अवे खेलमा मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले बलियो टोली यमनसँग कतारको दोहामा अन्तिम खेल खेल्न लागेको हो ।

एएफसी एसियन कपमा छनोट हुने सम्भावना सकिएको नेपालले दोहाको सुहिम बिन अहमेद स्टेडियममा यमनसँग प्रतिस्पर्धा गर्नेछ । बिराज महर्जनको कप्तानीमा रहेको नेपाली टोली आइतबार कतार प्रस्थान गर्नेछ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार विदाइ गरेको छ ।

समूह एफको नेपाल एसियन कप छनोटमा समूहको पुछारमा रहेको छ । त्यसैले यो खेल नेपालको लागि प्रतिष्ठाको लडाइँमात्र हुनेछ । तर, नेपाली टोली अन्तिम खेलमा यमनसँग अंक खोस्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली टोलीका जापानिज मुख्य प्रशिक्षक ग्योतोकी कोजीले यमनसँगको खेल गाह्रो हुने भएपनि अंक खोस्ने लक्ष्य लिएको बताए । एन्फाको विदाईपछि प्रशिक्षक कोजीले भने, "यो खेल हाम्रो लागि गाह्रो हुनेछ, यमनले प्रतियोगितामा जितिरहेको छ तर, हामी जित्ने प्रयास गर्नेछौ ।"

यमनविरुद्धको खेलको लागि नेपालले एक साताको मात्र प्रशिक्षण गरेको थियो । मोफसलमा भएको प्रतियोगिताले खेलाडीहरु बिशेष प्रशिक्षणमा बस्न पाएका थिएनन् । मोफसलको प्रतियोगिताले नेपाली टोली पूर्ण रुपमा फिट नभएको प्रशिक्षक कोजीले बताए । तयारी राम्रो हुन सकेन, खेलाडीहरुले पछिल्लो दुई महिना धेरै प्रतियोगिता खेले । रविन, बिक्रम टोलीमा छैनन् त्यसैले टोली फिट छैन तर हामी अंक प्राप्त गर्ने लक्ष्यमा हुनेछौं," प्रशिक्षक कोजीले भने ।

Global Ime bank

गत वर्षको जेठमा भएको होम खेलमा यमनलाई गोलरहित बराबरीमा रोकेको थियो नेपालले । हल्चोकमा यमनलाई बराबरीमा रोक्दा टोलीमा महत्वपूर्ण सदस्य रहेका मिडफिल्डर बिक्रम लामा, डिफेन्डर रविन श्रेष्ठ  र फरवार्ड भरत खवास अहिले नेपाली टोलीमा छैनन् । बिक्रम मोफसलको प्रतियोगिताको दौरान घाइते हुँदै र भरत दोहोरो पहेंलो कार्डको कारण टिममा परेका छैनन् । त्यस्तै प्रशिक्षणमा रहे पनि रविनले टोलीमा स्थान बनाउन सकेनन् ।

टोलीका महत्वपूर्ण केहि सदस्य टोलीमा नरहेपनि यमनविरुद्ध नेपालले महत्वपूर्ण खेलको रुपमा लिएर प्रतिस्पर्धा गर्ने कप्तान बिराज महर्जनले बताए । छोटो समयको तयारी र नयाँ खेलाडीको उपस्थितिले टिम राम्रो बनेको बताउँदै महर्जनले भने, "टिमका नियमित दुई–चार जना खेलाडी नहुँदा धेरै घाटा हुन्छ तर, नयाँ खेलाडीले मौका पाएका छन् । आशा छ उहाँहरुले राम्रो गर्नु हुनेछ । यो खेल हाम्रो लागि प्रतिष्ठाको लागि समेत हुनेछ । त्यसैले कमजोर हैन, महत्वपूर्ण खेलको रुपमा लिएका छौ ।"

एएफसी एसियन कपमा नेपालले  ५ खेलमध्ये २ बराबरी र ३ खेलमा पराजय बेहोर्दै २ अंक जोडेको छ । फिफा वरियतामा नेपालभन्दा २५ स्थान माथि रहेको यमन समूहको दोस्रो स्थानमा रहेको छ । यमनले ५ खेलबाट ७ अंक जोडेको छ । यमन नेपाललाई हराउँदै एसियन कपमा छनोट हुने लक्ष्यमा रहने छ ।  समूहको शीर्ष स्थानमा फिलिपिन्स रहेको छ । फिलिपिन्सले ९ अंक जोडेको छ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघले नेपाललाई  मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो ।

 
यमनसँग खेल्ने नेपाली टोलीः

गोलरक्षकः बिकेश कुथु, किरणकुमार लिम्बु, एलेन न्यौपाने

डिफेण्डरः बिराज महर्जन, अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, आदित्य चौधरी, रजिन धिमाल

मिडफिल्डरः रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, बिशाल राई, सुनिल बल, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ

स्ट्राइकरः बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, ,जर्ज प्रिन्स कार्की

मुख्य प्रशिक्षकः ग्योतोकु कोजी

प्रशिक्षक राजुकाजी शाक्य

गोलकिपर प्रशिक्षक उज्वल मानन्धर

तस्बिर : एनएसजेएफ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC