site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
रकम अभावले माझी बस्ती निर्माण सुस्त, जेठ २० मा हस्तान्तरणको तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ०७२ वैशाख १२ र २९ गतेको विनासकारी भूकम्पले सिन्धुपाल्चोक क्षतविक्षत बनायो । भूकम्पको तीन वर्ष बित्न लाग्दा पनि सिन्धुपाल्चोकमा पुनर्निर्माणले गति लिनसकेको छैन । विशेषगरी सरकारी अनुदान वितरण र बीचबीचका चुनावी चटारोले पुनर्निर्माण ओझेल परेको चर्चा भइरहँदा नायिका श्वेता खड्काले निर्माण थालेको माझी–बस्ती निर्माणको कार्य पनि सुस्त हुन पुगेको छ ।

गत जेठको अन्तिम साता निर्माण शिलान्यास गरी काम थालेको भए पनि ९ चैतसम्म आधाआधी काममात्रै पूरा भएको खड्का बताउँछिन् ।

जनशक्तिको चरम अभाव
बाटो, शौचालय, खानेपानी, मनोरञ्जनयुक्त हल, बाल उद्यानसहितको सामुदायिक बस्ती जिल्लाकै पहिलो र नमुना बस्ती भएको दाबी श्वेताको छ । त्यसो त अभिनयकी दुनियाँमा रहेकी नायिका खड्काले आफैँले बस्ती बनाउने सोच बनाएकी थिइनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पति श्रीकृष्ण श्रेष्ठको निधनको घाउ खाटा बसाउँदै गरेकी नायिका खड्काले दीन–हीन माझी बस्तीको दुर्दशा सुनेपछि सामुदायिक बस्ती बनाउने निधो गरेकी हुन् । र, बस्ती शिलान्यास गरी सिन्धु क्रियटिभलाई निर्माणको ठेक्का पनि दिइन् । 

तर, कामदार अभाव र आर्थिक अभाव झाँगिदै गएपछि बस्ती समयमै निर्माण सम्पन्न हुन नसकेको उनको दुखेसो छ । 
इन्द्रावतीको किनारमा चर्को धूप र चरम अभावमा सामान्य त्रिपालमुनि जीवन गुजारा गरिरहेका पीडितको बस्तीमा हुर्किएका कोही घर बस्दैनन् । कोही वैदेशिक रोजगारी, कोही

Global Ime bank

मजदूरीका लागि सहर पसेका छन् । त्यसैले पनि निर्माणमा सुस्तता आएको उनको ठहर छ ।

“बूढापाका मात्रै गाउँमा बस्छन्, उनीहरूको सहयोगमा मात्रै घर बन्ने अवस्था छैन,” उनी बताउँछिन् । श्वेता–श्री फाउन्डेशनले बस्ती बनाउन त्यहीँका केही कामदारलाई कर्मी तालिम पनि दियो । पीडितहरूको प्रतिनिधित्व रहेको समिति, भू–व्यवस्थापन, नापनक्साको काम, जिल्ला पुनर्निर्माण प्राधिकरणबाट सिफारिस आदि ल्याउँदा निर्माण कार्यमा ढिलासुस्ती देखिएको श्वेता स्वीकार्छिन् ।

पछिल्लो समय निर्माणको जिम्मा लिएको ठेकेदारले तराईबाट ४० कामदार झिकाएको छ । र, बस्ती निर्माणले गति लिएको उनको भनाइ छ ।

सरकारी ढिलासुस्ती पुनर्निर्माणमा बाधक
सरकारी ढिलासुस्तीको चपेटामा भूकम्पपीडितमात्रै होइन, श्वेता खड्का पनि परेकी छिन् । कहिले चुनावको बहाना त कहिले बैंकमा पैसा नभएको समस्या देखाएर भूकम्पपीडितको खातामा पैसा नआएकाले पुनर्निर्माण रोकिएको उनको भनाइ छ ।

“हामी त परियोजना डेभलपरमात्रै हौँ,” खड्का बताउँछिन्, “बस्ती बनाउन हामीले कुनै क्याम्पेन गरेका छैनौँ ।”

उनले सरकारले दिने भनेको अनुदानसमेत नपाएकाले सामूहिक जमानीको ऋण परको कुरा भएको तर्क गरिन् । यद्यपि सरकारी अनुदान र ऋण सहायता र केही सहयोग जुटाएर एकीकृत बस्ती बनाउने लक्ष्यका साथ फाउन्डेसनले काम थालेको हो ।

तर, सरकारी उदासिनताकै कारण बस्ती बनाउन समस्या भएको उनको तर्क छ ।

केही समयदेखि भने बस्ती निर्माणले गति लिएको उनी बताउँछिन् । “लक्ष्मी तामाङको सहयोगमा स्वीस संस्थामार्फत चवन्नै घरलाई पुग्ने ४० लाख बराबरको जस्तापाता र अन्य सहयोग पाएका छौँ,” उनले भनिन्, “४५ वटा घरको डीपीसी तहको काम पूरा भएको भने केही घरमा पर्खालसँगै झ्यालढोकाको काम भइरहेको छ ।”

जेठ २० मा हस्तान्तरण 
माझी–बस्ती कहिले हस्तान्तरण हुन्छ ? अहिले श्वेताले बढीजसो झेल्ने प्रश्न हो यो । उनी भन्छिन्– जेठ २०को डेडलाइन तोकेको छु । र, तयारी त्यही किसिमको छ ।
तर पनि बस्ती बनाउन सहज छैन । चर्को धूपका कारण कामदार लामो समय खट्ने अवस्थामा छैनन् एकातिर भने अर्कोतिर कच्चीबाटोका कारण ढुवानीमा समस्या भइरहेको छ । त्यस्तै काठपात अभावले झ्यालढोका बनाउन नसकेको दुःखेसो गर्छन् ठेकेदार ।

होमस्टेको अवधारणा
बस्ती त जसोतसो बन्ला, त्यसलाई कसरी दीगो बनाउने, टिकाइराख्ने ? उनले यस प्रश्नको समेत निरूपण गरिसकेकी छन् । त्यसका लागि उनले बस्तीलाई होमस्टे बनाउने लक्ष्य राखेकी छन् । र, बस्ती निर्माण सम्पन्न भएपछि आयआर्जनको काममा लगाउनेबारे सोचेकी छन् स्वेताले ।
“होमस्टेका लागि विभिन्न गैह्रसरकारी संघसंस्थासँग प्रस्ताव गरेकी छु,” उनले भनिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC